१८ वटा पुल नारायणगढ-मुग्लिन सडकखण्डमा जिर्ण

चितवन, मंसिर २ ।  नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने पुलहरु बिग्रिँदै गएका कारण दुर्घटनाको जोखिम बढेको छ । पुलको दायाँ बाँया रहेका रेलिङ्ग भत्किएको र पुलमा गरिएको कालोपत्रे उप्किएका कारण जोखिम बढेको हो । १८ वटा पुलका रेलिङ्ग भाँचिएपछि सामान्य डोरी टाँगेर राखिएका छन् ।
नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले सडकखण्डमा पर्ने १८ पुल मध्ये ९ वटा पुल जोखिम अवस्थामा रहेको बताउँदै निर्माण कम्पनी मार्फत पुनः मर्मतको काम भइरहेको बताउनुभयो ।1466310387mugling-jam-final
पुलको चौडाई २ दशमलव ५ मिटर भएपनि भारतबाट सामान लिएर आउने ठूला ट्रक ३ दशमलव ७ मिटर चौडाइ सम्मको हुने भएकाले पुलका रेलिङ्ग भाँचिने गरेको बताउँदै इन्जिनियर खनालले पुलको यात्रा जोखिम हुँदै गएकाले १५ दिन भित्रमा पुल सामान्य रुपमा पुनः मर्मत गरि सक्ने लक्ष राखिएको बताउनुभयो ।
यसैबिच
राजधानीलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक खण्ड पुनः निर्माणको काम ३० प्रतिशत मात्र सकिएको छ । वि.स. २०७२ को वैशाखबाट निर्माण कार्य सुरु गरिएको आयोजनाको २०७३ कात्तिक महिनासम्मको प्रगति हेर्दा ३० प्रतिशत काम भएको अयोजनाका इन्जिनियर खनालले बताउनुभयो ।