देवघाटमा धार्मिक पुष्प बाटिकाको शुभारम्भ शिलान्यास (तस्वीरसहित)

चितवन मंसिर ०२ । धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा देवघाट धामलाई विकास गर्न आपटारी देबघाटधाम धार्मिक पुष्प बाटिका निर्माण समितिद्धारा धार्मिक पुष्प बाटिकाको बुधबार संयुक्त रुपमा शुभारम्भ शिलान्यास गरिएको छ । dev-4देवघाटको महिमालाई अझै फराकिलो बनाउन यस पुष्प बाटिकाले विशेष महत्व राख्ने धार्मिक पुष्प बाटिका निर्माण समितिको विश्वास छ ।

आपटारी देबघाटधाम धार्मिक पुष्प बाटिका निर्माणका लागि कुल ५० लाखको अनुमानित बजेट लाग्ने तथा यस आर्थिक बर्ष भित्र देबघाट मुल प्रबेशद्धार देखी बागेश्वरी आध्यात्मिक परिसर सम्म ८० वटा क्यारि निर्माण गरिने योजना रहेको आपटारी देबघाटधाम धार्मिक पुष्प बाटिका निर्माण समितिका अध्यक्ष तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।dev
यस क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुलाई धार्मिक क्षेत्रमा प्रवेश गरेको आभास दिलाउन विभिन्न भग्वानको प्रतिमाहरु पनि निर्माण गरिने उनले बताए । यस्तै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको विकासले आर्थिक समृद्धिलाई पनि संगै लैजान मद्धत पुग्ने पौडेलको विश्वास रहेकोे छ । dev-3कार्यक्रममा बोल्दै जुनियर प्रहरी शिक्षालयका प्रमुख रणबहादुर चन्दले आवश्यक सहयोग र ढुवानीका लागि श्रम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै नेपाली सेनाका प्रमुख सुरेन्द्र प्रसाद सापकोटाले धार्मिक पुष्प बाटिका निर्माणका लागि पुर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । देबघाट मुल प्रबेशद्धारको गेटमा रंगरोगन, सरसफाई तथा मर्मत सम्भार भइरहेको र त्यसको लागि जिल्ला बिकास समिति चितवन बाट २ लाख रुपैया सहयोग हुने जानकारी दिइएको छ । साथै एउटा यात्रु प्रतिक्षालय निर्माणका लागि रमेश पियाले सहयोग गरे ।dev-2

कार्यक्रममा जलदेबी सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष केशब थापा, पर्यटन बिकास समिति चितवनका उपाध्यक्ष बद्री अधिकारी, पर्यटन बिकास समिति चितवनका महासचिव बिश्वराज सुबेदी, सिमा सुरक्षा बल आपटारीका प्रतिनिधी छबि थापा, बागेश्वरी आध्यात्मिक परिसरका प्रतिनिधि लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो शुभारम्भ सिलन्यास पुष्प बाटिका निर्माण समितिका अध्यक्ष तथा देवघाट क्ष्त्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको हो ।