एक्सपर्ट एजुकेशनको अष्ट्रेलिया लक्षित सेमीनार

 

चितवन, मंसिर २ । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस चितवनले निःशुल्क सेमीनार आयोजना गरेको छ ।

बुधबार भरतपुरस्थित गार्डेन रिसोर्टमा आयोजित सेमीनारमा सयौं विद्यार्थीहरुले अष्ट्रेलियाको शिक्षाको बारेमा जानकारी लिएका थिए । सेमीनारमा एक्सपर्ट अष्ट्रेलिया मार्नका डाईरेक्टर संजिव शर्मा, एक्सपर्ट ब्रिसबेनका डाईरेक्टर सागर अर्याल, एक्सपर्ट एडलिडका म्यानेजर रुपक बर्तौला, एक्सपर्ट सिड्नीका अप्रेशन म्यानेजर भुवनहरि पाण्डेले विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाको बारेमा जानकारी गराएका थिए ।

expert-seminar-1
सेमीनारमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता भएको र आफ्नो जिज्ञासाको समाधान पाएको एक्सपर्ट चितवनका प्रमुख डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँले आगामि दिनमा पनि विद्यार्थीहरुलाई सही सूचना दिनका लागि यस्तो सेमीनार आयोजना गर्ने जानकारी दिए ।