पालुङ जेसीजको जेसिज सप्ताह सुरु

रुपक कालिराज
मकवानपुर, २ मंसिर ।  पालुङ जेसीजको जेसिज सप्ताह  थाहानगरमा सुरु भएको छ ।

पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिब कुमार खत्रीको सभाध्यक्षता तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारको प्रमुख आतिथ्यतामा भएको हो । आज सप्ताहव्यापी कार्यक्रमको उद्घाटनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । हाजिरी जवाफ प्रतियोगितामा सुनौला मावि वज्रवाराही प्रथम, वज्रवाराहि उच्च मावि द्धितिय र लेकाली वसिफाँट तृतिय भएको कार्यक्रम संयोजक कृष्ण दाहालले जानकारी दिनु भयो । उत्तरी भेगका ८ वटा विद्यालयकोे प्रतियोगितामा सहभागिता रहेका थियो । pauna-jci
प्रमुख अथिति समेत रहेका परियारले पहिलो पटक जेसिजको कार्यक्रममा सम्वोधन गर्ने अवसर मिलेको बताउदै जेसिजको आस्था निकै नै मार्मिक रहेको र यसलाई सबैले बुझ्नु पर्नेमा जोड दिए  । उन ले पालुङ जेसीजले समाजमा पु¥याउँदै आएको योगदान र सामाजिक सेवाको बिषयमा समेत बलेका थिए ।

उदघाटन कार्यक्रममा विभिन्न पाटिका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी जेसिजका पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो । प्रतियोगितामा विजेता विद्यालयलाई समापन कार्यक्रममा पुरस्कार वितरण गरिने संयोजक दाहालले बताए ।

जेसीज सप्ताहको अवसरमा आजदेखी मंसिर ४ गते सम्म बिभिन्न ७ वटा कार्यक्रम रहेको वर्ष २०१६ का अध्यक्ष शिभकुमार खत्रीले जानकारी दिए ।
सप्ताह व्यापी कार्यक्रम अन्र्तगत मंसिर २ गते भोलि प्राथमिक उपचार तालिम तथा भलिबल प्रतियोगिता, मंसिर ३ गते ट्राफिक जनचेतामुलक कार्यक्रम रहेको वर्ष २०१६ का सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिए । त्यस्तै एकल गायन तथा एकल नृत्य प्रतियोगिता र मंसिर ४ गते तालिम तथा समापन समारोह रहेको कालिराजले जानकारी दिए ।