तराई अभियान सुरु

चितवन, ०१ मंसिर ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज चितवनबाट तराई अभियान सुरु गर्ने हुनु भएको छ । नेपाली काँग्रेसको पकड मानिएको तराई क्षेत्रमा पछिल्लो समय तराईका विभिन्न राजनैतिक दलहरु गठन भए संगै कम्जोर वन्दै गएको काँग्रेसलाई पुनः सशक्त वनाउने उदेश्यका साथ अभियान सुरु गरिएको हो । nc-flag
अभियानले काँग्रेसको संगठन मजवुत वनाउन सहयोग पुग्ने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए । अभियानको सुभारम्भका अवसरमा आज नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर १ को आयोजनामा पूर्वि चितवनको भण्डारमा वृहत कार्यकर्ता भेला र सुझाव संकलन गर्ने कार्यक्रम हुदै छ ।

भोलि मकवानपुरमा, मंसिर ३ गते वारामा, ४ गते रौतहटमा, ५ गते सर्लाहिमा, ६ गते महोत्तरीमा र ७ गते धनुषामा कार्यक्रम गरिने वताईएको छ । सो क्रममा कार्यकर्ता भेला, गोष्ठि, र्यालि, सभा लगाएतका कार्यक्रम गरिदै छ ।
पहिलो चरणमा चितवनबाट सुरु भएको तराई अभियान धनुषामा समापन गरिदै छ भने छिटै दोस्रो चरणमा समेत कार्यक्रम गरिने बताईएको छ ।