कर सप्ताहा २०७३ सुरु, चितवनमा प्रभातफेरी

चितवन, ०१ मंसिर । आन्तरीक राजस्व कार्यालय भरतपुरको आयोजनामा कर सप्ताहा २०७३ को अवसरमा आज विहान उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढबाट भरतपुर स्थित राजस्व कार्यालय सम्म प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । kara ko

गौरवका साथ तिरौं कर संम्वृद्ध राष्ट्र हाम्रो रहर भन्ने मुल नाराका साथ कर तिर्न उत्प्रेरित गर्ने प्ले काड वोकेर प्रभातफेरीमा उद्योगि व्यवसायी, लेखा परिक्षक र कार्यालयका कर्मचारीहरु सहभागि भएका थिए । प्रभात फेरी पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै आन्तरीक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंज्ञानीले कर तिर्नु आम नागरिकको कर्तव्य भएको भन्दै सवैलाई कर तिर्न आग्रह गर्नु भयो ।

कार्यालयले कर तिर्ने कार्यमा सहजिकरण गर्ने भन्दै उहाँले कुनै समस्या देखा परेमा त्यसलाई फुकाउने कार्यमा कार्यालय सहयोगिको रुपमा रहने बताउनु भयो । कार्यालयको कामलाई अझ प्रभावकारी बनाउदै कर प्रति जनताको विश्वास वढाउने उहाँले बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र अडान चितवनका अध्यक्ष देवि प्रसाद डल्लाकोटिले कर तिर्नु कर्तव्य भएको भन्दै कर तिर्ने काममा कन्जुस्याई नगर्न र सहजिकरण गरिदिन कर दाता र कर्मचारीलाई आग्रह गर्नु भयो ।
प्रभातफेरीमा उद्योग वाणिज्य संघ चितवन, उद्योग वाणिज्य संघ रत्ननगर लगाएतका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । कर सप्ताहाका क्रममा ,आन्तरीक राजस्व कार्यालय भरतपुरमा लेखा परिक्षकहरु संग अन्तरकृया गरीदै छ भने विभिन्न क्षेत्रमा रहेका उद्योग वाणिज्य संघहरु संग सहकार्य गरेर करदाता शिक्षा तथा अन्तरकृया कार्यक्रम गरिने कर अधिकृत जिवराज निरौलाले बताउनु भयो ।

मंसिर ७ गते कर सप्ताहाको सामापनका अवसरमा सम्मानीत कर दाता र कर्मचारीको नाम समेत सार्वजनिक गरिने उहाँले बताउनु भयो । आन्तरीक राजस्व कार्यालय भरतपुरले चितवन जिल्ला र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको छ । गत आर्थिक वर्षमा आन्तरीक राजस्व कार्यालय भरतपुर देशकै उत्कृष्ठ कार्यालय बनेको थियो ।