क्यान्सरमा अख्तियारीको दुरुपयोग गर्नेहरुका विरुद्ध छानविन

चितवन, ०१ मंसिर । स्वास्थ्य मन्त्रालयले भरतपुरस्थित बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा भएको अनियमितता तथा अख्तियारीको दुरुपयोग गर्नेहरुका विरुद्ध छानविन गरेको छ । Cancer Hospital 2072
स्वास्थ्य मन्त्रालयमा बीपी कोइराला क्यान्सर अस्पतालमा भएको अनियमितताको गुनासो आए पछि स्वास्थ्य मन्त्री गगन कुमार थापाले कमिटि गठन गरि छानविन गर्न निर्देशन दिनुभएको थियो । बीपी कोईराला क्यान्सर अस्पतालमा भएको अनियमितताबारे मन्त्रीलाई विभिन्न माध्यमबाट गुनासो आएको थियो । अस्पतालबाट समयमा स्वास्थ्य सेवा नपाएको र विचौलियाको विगविगी भएको भन्दै स्वास्थ्य मन्त्री गगन थापाको इमेल र फेसवुक पेजमा समेत गुनासो आउने गरेको थियो ।
मन्त्रालयले गठन गरेको टोलीले छानविन गरि अस्पतालमा भएको औषधि तथा उपकरण खरिदमा भएको अनियमितता लगायतको विषयमा छानविन गरेको हो । छानविन टोलीका एक सदस्यका अनुसार अस्पतालका संचालक समितिका पदाधिकारी तथा अस्पताल निर्देशकले अस्पतालको हितमा काम गर्न नसकेको बताए ।
छानविन कमिटिले पदाधिकारीले गरेका अनियमिताका साथ साथै अस्पतालका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरेको, कार्यालय  समयमा बाहिर गएर काम गर्ने, विचौलिया खडा गरेर विरामी अन्य क्लिनिक तथा पोलिक्लिनिकमा लैजाने गरेको, अस्पतालको महगा उपकरण विर्गाने गरेका, आफ्नो जिम्मेवारी पूरा नगरेको समेत छानविन टोलीका एक सदस्यले जनाएका छन । अस्पतालका कर्मचारी तथा डाक्टर अस्पतालमा नभई विभिन्न नीजि क्लिलिनकमा जाने गरेको समेत भेटिएको छ । अस्पतालमा सरसफाईमा ध्यान नदिएको र बिरामीलाई समयमा सेवा नदिएको समेत ती सदस्यले बताए ।
हाल अस्पताल संञ्चालक समितिमा रहेका पदाधिकारीकोस्वार्थको द्वन्द्व देखिएको र अस्पतालको विकासमा समेत ध्यान नदिएको पाइएको टोलीले जनाएको छ । हाल बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका डा प्रकाश न्यौपाने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक समेत हुनुहुन्छ । छानविन टोलीले अस्पतालका डाक्टर तथा कर्मचारीले कार्यालय समयमा काम गरे नगरेको, अस्पताल नजिकै क्लिनिक तथा पोलिक्लिनिक संचालन गर्ने लगायतका विषयमा समेत छानविन गरेको छ । टोलिले एक हप्तामा आफनो रिपोट मन्त्री समक्ष बुझाउने जनाएको छ । .
अस्पतालमा विरामिले सहुलियत पाउन सकेका छैनन् भने मनोमानी ढङ्गबाट खर्च भईरहेको पाईएको छ । यस सम्वन्धमा राससमा समेत समाचार प्रकासित भएको थियो । चीन सरकारको सहयोगमा एशियाको नमुना अस्पतालको रुपमा स्थापना गरिएको यस अस्पताल पछिल्लो समय व्यवस्थापकिय त्रुटिका कारण अस्तव्यस्त बनेको हो ।