गैडाकोटमा ४ वटा सवारी ठोकिदाँ ८ जना घाईते

नवलपरासी कार्तिक ३० । नवलपरासीको गैडाकोटमा आज दिउसो चारवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा ८ जना घाईते भएका छन् ।accident

गैडाकोटको तल्लो विजयचोकमा वुटवलवाट नारायणगढवाटतर्फ आउँदै गरेको ना ४ ख ३९१८ ट्रकको ठक्करले अनियन्त्रित भएको लु १ ख ७४३८ नम्वरको तम्भासवाट काठमाण्डौं जादै यात्रुवाहक वसले युपि ५७०५२७८ नम्वरको भारतिय आईसर ट्रिपरलाई ठक्कर दिदाँ ट्रकका चालक र सहचालकसहित वसमा सवार ८ जना घाईते भएका हुन् ।

वसको ठक्करपछि आईसर ना ४ ख ६०८२ नम्बरको वसमा ठोक्कीन पुगेको थियो । घाईतेमध्य २ जनाको अवस्था गम्भिर रहेको तथा घाईतेको संख्या वढ्नसक्ने ईलाका प्रहरी कार्यलय गैडाकोटका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिनुभयो । आज दिउसो सवा २ बजे भएको दुर्घटनाका कारण ४ वटै सवारी साधनमा क्षति पुगेको छ । राजमार्ग छेउमा वसोवास वाक्लिदै गएको गैडाकोट क्षेत्रमा राजमार्गमा तिव्र गतिमा चल्ने सवारी साधनका कारण दुर्घटना हुने गरेको छ ।