उवासंघ चितवन महोत्सवमा राखिने वालउद्यानको वोलपत्र आव्हान गर्न वाध्य

चितवन, ३० कार्तिक ।  उद्योग वाणिज्य संघ चितवनले आगामी पौषमा गर्न लागेको चितवन महोत्सवमा राखिने वालउद्यानको वोलपत्र आव्हान गर्न वाध्य भएको छ । टेण्डर प्रक्रियामा गर्नुपर्ने काम सहमतिमा गरेर वर्षौदेखि एउटै व्यक्तिलाई दिएको विषयमा सौराहा अनलाईन लगायत विभिन्न संचारमाध्यममा समाचार प्रशारण प्रकाशन भएपछि उद्योग वाणिज्य संघ चितवन टेण्डरमा जान वाध्य भएको हो  ।  tander

आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म संचालन गर्न लागेको चितवन महोत्सवमा प्रदर्शन गरिने खेल (बाल उद्यान) को गत असार ९ गते नै सम्झौता गरिएकोमा सो खारेज गर्ने निर्णय गरी टेण्डरमा गएको सूचना प्रकाशन गरेको छ । उद्योग वाणिज्य संघ चितवले चितवनको स्थानीय चितवन पोष्ट पत्रिकामा कार्तिक २९ गते वोलपत्र आव्हान गरेको छ ।

१५ दिनको म्याद राखेर आव्हान गरिएको वोलपत्रमा महोत्सव हाताभित्र वालउद्यान संचालनका लागि नेपाल सरकारवाट मान्यता प्राप्त करमा दर्ता भएका फर्म,सस्था वा कम्पनीवाट वोलपत्र आव्हान गरिन्छ भनिएको छ । दर्ता भएका गोप्य वोलपत्रहरु २८ गतेको दिनवाट १६ औं दिनको दिउसो १२ वजे खोलिने जनाएको छ ।

संघले प्रत्येक दुई दुई वर्षमा गर्दै आएको महोत्सवमा यस अघि पनि लाखौंको कारोबार हुने खेलसँग सम्बन्धित गतिविधि लगायत कुनै पनि क्रियाकलापमा टेण्डर बिना नै गर्दै आर्थिक चलखेल गर्ने गरेको भन्दै व्यापक विरोध हुदै आएको छ ।
नया वोलपत्र आव्हानसंगै गत असार ९ गते राजधानी एम्युजमेन्ट राईटस् नेपाल काठमाण्डौंका तर्फबाट अर्जुन चौधरीलाई २२ लाख रुपैयाँ लिने गरी बिना टेण्डर गरिएको  सम्झौता यसपछि स्वतःखारेज हुने संघका अध्यक्ष राजन गौतमले जानकारी दिनुभयो ।