पाँचौ कर सप्ताहा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

चितवन, कात्र्तिक ३० । गौरवका साथ तिरौं कर संम्वृद्ध राष्ट्र हाम्रो रहर भन्ने मुल नाराका साथ भोली देखि विभिन्न कार्यक्रकमको आयोजना गरि पाँचौ कर सप्ताहा मनाईने भएको छ । आन्तरीक राजस्व कार्यालय भरतपुरको आयोजनामा हुने कर सप्ताहा कार्यक्रम अन्तर्गत भोलि विहान ७ वजे उद्योग वाणिज्य संघ चितवन बाट आन्तरीक राजस्व कार्यालय भरतपुर सम्म प्रभात फेरी गरिदै छ ।kara ko

कार्यालय प्रमुख थानप्रसाद पंगेनीका अनुसार मंसिर २ गते आन्तरीक राजस्व कार्यालय भरतपुरमा लेखा परिक्षकहरुसंग अन्तरकृया गरीदै छ भने मंसीर ३ गते पूर्वि चितवनको खैरहनीमा करदाता शिक्षा तथा अन्तरकृया गरीदै छ ।

मंसिर ५ गते माडि क्षेत्रका करदाताहरु संग, ६ गते सम्वन्धित क्षेत्रका उद्योगि व्यावसायी तथा कर दाताहरु संग उद्योग वाणिज्य संघ चितवनमा करदाता शिक्षा तथा अन्तरकृया गरिदै छ ।

मंसिर ७ गते सम्मानीत कर दाता र कर्मचारीको नाम समेत सार्वजनिक गरिने उहाँले बताउनु भयो । आन्तरीक राजस्व कार्यालय भरतपुरले चितवन जिल्ला र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको छ । गत आर्थिक वर्षमा आन्तरीक राजस्व कार्यालय भरतपुर देशकै उत्कृष्ठ कार्यालय बनेको थियो ।