साबिक ठोरीलाई प्रदेश नं ३ मा समायोजन नगरीए कडा आन्दोलन (भिडियोसहित)

चितवन कार्तिक ३० ।अबको सीमाकंन सशोधनले पर्साको पश्चिम तर्फको अन्तिम गाबिस ठोरी र नीर्मलबस्ती गाबिसलाई चितवन सहितको प्रदेश नं ३ मा समायोजन नगराए कडा आन्दोलनलाई गर्ने ठोरीका जनताले बताएका छन् ।
आज चितवनमा पत्रकार सम्मेलन गर्दै साबिक ठोरी – चितवन पुनं समायोजन समितीका संयोजक प्रकाश खनालले केहि ब्यक्तीले ब्यक्तीगत स्वार्थ राख्ने जिल्लाका नेतृत्वले समग्र ठोरीको भावनामा कुल्चियर ठोरीलाई अन्यौल बनाईराखेको आरोप लगाएका थिए ।
हामी दुई गाबिसमा २२ हजार जनसंख्या छौं । शत प्रतीशत पहाडिया समुदाय बस्ती रहेको हाम्रो गाबिसका सम्पुर्ण जनताको चाहाना भनेको चितवन सहितको प्रदेश नं ३ मा समायोजन हुने र राज्यको मापदण्ड अनुसार स्थानीय सरकार निर्माण गर्ने हो ।
हामी २०३४ साल अघि पनी चितवनमानै थियौं । हाम्रो भाषा , सस्कृती ,रीतीरीवाज , रहनसहन , सडक सुगमता , प्रशाशनीक सहजता भनेको चितवन हो । हामीलाई जवरजस्ती पर्सामा राख्न खोजिदैछ यो हामीलाई मान्य छैन समीती सदस्य सुदिप थापाले भने ।
ठोरी र नीर्मलबस्तीका शत प्रतीशत जनताले हामीलाई पर्सा भन्दा चितवन हरेक कोण बाट सहजता छ भनेर पटक पटक भनीरहदा पनी ठोरीको बिषयलाई अन्यौल बनाईएको छ । अब हामी चुप लागेर बस्दानौं ।
हामी हाम्रो मागका लागी कुनै पनी आन्दोलन गर्न पछि पर्दैनौं थापाले भने । साबिक ठोरीलाई संबिधान जारी पुर्ब बनेको उच्च स्तरीय सम्मीलीत बिशेष समीतीले प्रदेश नं ३ मा समायोजन भएको संयोजक डा बाबुराम भट्टराईले जानकारी गराएका थीए । तर मस्यौदामा भने ठोरी बारे केहि उल्लेख छैन ।