चितवन महोत्सवको तयारी सुरु

शिव आचार्य
नारायणगढ, २८ कात्र्तिक । प्रत्येक दुई दुई वर्षमा हुँदै आएको चितवन महोत्सवको लागि तयारीको काम सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने चितवन महोत्सवको लागि महोत्सव स्थलमा ग्रेडर लगाउन सुरु गरिएको छ । 14947575_883366295097969_199533873087055487_n
यस वर्ष पुष २५ देखि माघ ५ गतेसम्म आयोजना हुने ११औँ चितवन महोत्सवको लागि नारायणी नदी किनारको महोत्सव प्रदर्शनी मैदानलाई सम्याउने काम सुरु भएको हो ।

उद्योग वाणिज्य संघ चितवनले उक्त स्थानलाई प्रदर्शनी स्थलको रुपमा विकास गर्दै लगेको कारण ग्रेडर लगाएर माटो सम्याउन सुरु गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले बताए ।

हरेक वर्ष नदीमा आउने बाढीका कारण महोत्सव स्थलको सहत बिगार्ने भएका कारण सतहलाई एउटै तहको बनाउनको लागि ग्रेडर लगाउन सुरु भएको गौतमको भनाइ छ ।
आगामी पुसबाट लाग्ने महोत्सवमा पनि पुरानै महोत्सवमा जस्तै सामानहरुले निरन्तरता पाउने भएपनि विशेष गरि नेपाली उद्योग र ती उद्योगबाट उत्पादीत सामानलाई विशेष जोड दिने योजना रहेको गौतमले बताए ।