सिर्जनशिल समाजमा शिवप्रसादको नेतृत्व

चितवन, २८ कात्र्तिक । सिर्जनशिल समाज, वैकुण्ठपथ, लंकु चितवनको संयोजकमा शिवप्रसाद बराल चयन भएको छ ।
भरतपुर उपमहानगर पालिका वडा नं. ५ बैकुण्ठ टोलमा रहेका युवाहरुलाई सामाजिक क्षेत्रमा उत्प्रेरीत गराउने उद्देश्यवाट आम टोलबासीहरुको बृहत भेलाले बरालको संयोजकत्वमा १३ सदस्ययी सो सामाजिक संस्थाको गठन गरेको हो । b5
जसको उपाध्यक्षमा टिकाराम सापकोटा, सचिवमा कविता शर्मा, सहसचिवमा गोविन्द कडेंल, कोषाध्यक्षमा महेश्वर पोख्रेल र सदस्यहरुमा इरा श्रेष्ठ, महेश्वर झा, जीवलाल खरेल, इश्वरी कडेल, उदयराज खरेल, दामोदर रिजाल, प्रदिप अर्याल र सुनिल खरेल रहेका छन् ।
कार्यक्रमको अन्तमा भेलाले आगामी ६ महिनाभित्र संस्थाको विधानतयार पारी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने र आम टोलवासीहरुको पारिवारीक प्रोपाइल र आगामी २०७४ सालको क्यालेण्डर सहितको डायरी प्रकाशन गरिने निर्णय गरेको नवनिर्वाचित संयोजक बरालले जानकारी दिए ।