चितवनमा स्कटिङ्ग गरी बिशेष निगरानी साथमा याताायात सुचारु

 
चितवन, २८ कात्र्तिक । विप्लव नेतृत्व नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आज चितवन लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण चितवनमा जनजिव प्रभावित भएको छ । जिल्लाको मुख्य बजार क्षेत्र नारायणगढ, भरतपुर, रत्ननगर टाडी, खैरहनी पर्सा, गीतानगर, माडी लगायतका ठाउका बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था वन्द छन् ।banda-ko-pic

लामो दुरिका भाडाका सवारी साधन चल्न नसकेपनि विभिन्न ठाउबाट आएका सवारीलाई चितवन प्रहरीले स्कटिङ्ग गरेर चितवन प्रहरीले चलाएको छ । आपटारीबाट केन्द्रिय बसपार्क, नारायणगढबाट वसपार्क हुदै त्यहाबाट गोन्द्रङ्ग हुदै टाडी पर्सा हुदै लोथर सम्म प्रहरीले सवारी साधन स्कटिङ्ग गरेको जिल्ला प्रहरी कार्याल चितवनका प्रमुख वसन्त कुवँरले जानकारी दिए । प्रहरी आपटारी, पुल्चोक, केन्द्रिय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउँमा सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।

प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष निगरानी राखी याताायात सुचारु गरेको छ । वन्द गर्न कोही कार्यकर्ता नआएपनि चितवनको मुख्य बजार नारायणगढ क्षेत्र सुनसान छन् । शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।

साथै वन्दमा अस्पताल दूध तरकारी वोक्ने सवारी साधन भने निर्वाध चलेका छन् । वन्दमा अप्रिय घटना हुनसक्ने भन्दै बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।