अनेरास्वबियु क्षेत्र नं १ को बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

15057969_843006402507706_893363659_nचितवन, २७ कात्तिक । पुर्बी चितवनको खैरहनीमा रहेको ग्लो साइन कलेजमा अनेरास्वबियु चितवन क्षेत्र नं १ ले आज बिदाई तथा सम्मान कार्यक्रम सम्पन गरेको छ ।

अनेरास्वबियु क्षेत्रीय अध्यक्ष प्रकाश कालाखेतीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा अनेरास्वबियु क्षेत्रीय प्रचार–प्रसार बिभाग प्रमुख अनिल दराई सम्मानित हुनुभएको छ ।

15086452_842986412509705_909890722_n

दराईले संगठनमा रहेर गरेको कामको मुल्याकंन गर्दै मायाको चिनो सहित सम्मान गरिएको कार्यक्रम संयोजक सुदिप रुवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेरास्वबियु केन्द्रीय निर्बाचन आयोगका सदस्य स्वरुप सुयाल, अनेरास्वबियु जिल्ला कमिटी सदस्य सुरज थपलिया, संकल्प लामिछाने, सुनगाभा कलेज कमिटीका अध्यक्ष सन्तोष भण्डारी लगायतको उपस्थीति रहेको थियो ।

15058693_842987489176264_2132102403_n