कुमरोज वनमा वन्यजन्तु हेर्न जीप सफारी सुरु हुदै (भिडियोसहित)

राजेन्द्र आचार्य/शिव आचार्य
चितवन, २६ कात्र्तिक । पूर्वी चितवनको कुमारोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सञ्चालनका लागि स्थानिय रुट निर्माणमा जुटेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा पर्ने यस वनमा निकुञ्जले वनमा जीप सञ्चालनलाई अनुमति दिएपछि उनीहरु पर्यापर्यटनसगैँ आयआर्जनका लागि जीप सफारीको बरुट निर्माणमा जुटेका वन समुहका अध्यक्ष हिराबहादुर गुरुङ्गले जानकारी दिए ।
विश्व रामसार सूचीमा सूची निकुञ्जमा मानविय चापका कारण वन्यजन्तुमा प्रतिकुल असर देखा लागेपछि सो चाप घटाउन र संरक्षण स्थानियहरुको सहभागीता बढाउन मध्यवर्ती क्षेत्रमा जीप सफारी सञ्चालन गर्न अनुमति प्रदान गरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका मध्यवर्ती क्षेत्रमा स्थानियवासीहरु सरक्षणका वन वन्यजन्तुहरु संरक्षित भएपछि यहाँ पर्यापर्यटन र आयआर्जनका लागि जीप सफारी सामुदायिक वनमा समेत सञ्चालन गर्न लागेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए ।
तेश्रो पर्यटकीय गन्तव्य सौराहाबाट करिब २ किलोमिटर नजिक रहेको कुमरोज वनमा हात्ती सफारी र डुङ्गा सफारीका उत्कृष्ट गन्तव्य बनिरहेको अवस्थामा पर्यटकहरुलाई लक्षित गरि जीप समेत सञ्चालन गर्न लागेको वन समुहका कार्यालय सचिव भरत नेपालले जानकारी दिए ।

 

उनले वनको हर्नरी गाउँ देखि धोक्रेला सम्म १४ किलोमिटर र त्यहाँबाट राप्ती एकता मध्यवर्ती वनसगँ सहकार्य गरि ३५ किलोमिटर सम्म जीप सफारी सञ्चालन हुने बताए । २० लाख लागत लगाए यतिवेला रुट निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको समेत जानकारी गराए ।

जीप सफारी पछि यहाँ पर्यटक पनि बढेने छन्–उनले भने । जसको आम्दानीबाट उपभोक्ताहरुलाई गोरब ग्यास निर्माण, मेस जाली निर्माणसगै सरंक्षण, कुलो बाटोघाटो निर्माण र विद्यालय सञ्चालन पनि सहयोग पुग्ने छ ।
वन समुहमा रहको १८ सय घरघुरीमा आयआर्जन बढाउन जीप सफारी उपयोगी हुने रुट निर्माण समितिका संयोजक शम्भु जीसीले बताए । अब यहाँ आउने पर्यटक जीप सफारी मार्फत सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैडा, पाटेबाघ, लगायतका जनावर सजिलै देख्न सक्ने उनको दावी छ ।
वन यतिवेला जीप सफारी सञ्चालन हुने पछि गाउलेमा सुखीयाली छाएको स्थानिय संरक्षण य्वा क्लबका अध्यक्ष हेम गुङ्गले बताए । यहाँ धेरै मानव र वन्यजन्तु विच द्धन्द्ध छ उनले भने । जीपबाट राम्रो आम्दानी भएपछि आयआर्जन जीवजयापन सहज बन्ने छ ।
६ सय ९७ हेक्टर क्षेफल रहेको वनले गएको आर्थिक बर्षमा १ करोड १९ लाख रुपैया पर्यापर्यटनबाटै आम्दानी गर्न सफल भएको थियो ।
बाघ गैडाका लागि यो वन निकुञ्जमा नै प्रख्यात छ । जहाँ दुई वटा ठुला सुविधा सम्पन्न टावर पनि निर्माण गरिएको छ ।