नेपाल महिला संघ दारेचोकले गर्यो मृगौला रोगिलाई आर्थिक सहयोग

कार्तिक २७, मुग्लिन
नेपाल महिला संघ दारेचोकले मुग्लिन बजारका एक महिलाको मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक सहयोग गरेका छन् । नेपाली काँग्रेस महा–समिति सदस्य गीता गुरुङ्गको प्रमुख आतिथ्य एवं नेपाल महिला संघ दारेचोकका सभापति सावित्री पुडासैनी खनालको अध्यक्षतामा दुवै मृगौला फेल भएका ४५ वर्षिय निम माया सिलवाललाई एक कार्यक्रम विच करिब ३८ हजार रुपैया आर्थिक सहयोग गरेको हो । देउसी भैलो र विभिन्न ठाउँहरुमा घरदैलो गरेर आर्थिक संकलन गरेको नेपाली काँग्रेस चितवनका महा–समिति सदस्य गीता गुरुङ्गले बताउनुभयो ।

दुवैवटा मृगौलामा समस्या भएको सिलवलाको भरतपुर स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । मृगौला प्रत्यारोपण गर्न २५ लेखि ३० लाख रुपैया खर्च हुने र उपचारको लागि भारत जानुपर्ने डक्टरले बताएको तर आफ्नो आर्थिक अवस्था कमजोर रहेको विरामी सिलवाले बताउनुभयो । साथै उहाँले यस अघि कुनै पनि निकायबाट आर्थिक सहयोग नपाएको गुनासो व्यक्त गर्नुभयो । उहाँले आफ्नो उपचारको लागि आर्थिक सहयोग गर्नुहुने नेपाल महिला संघ दारेचोकलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस चितवनका महासमिति सदस्य गुरुङ्गले चाडैनै कोष खडा गरी अन्य संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि अपिल गरिने जानकारी दिनुभयो ।

त्यस्तै नेपाल महिला संघ दारेचोको सभापति सावित्री पुडासैनी खनालले उहाँको उपचारको लागि सबै मिलेर आर्थिक सहयोग गर्नुपर्ने बताउनुहुदै दारेचोक र आसपासका क्षेत्रहरुमा कोही पनि दिदी बहिनी तथा दाजु भाई आर्थिक अभावको कारण उपचार गराउन नपाउनु भएको छ भने नेपाल महिला संघ दारेचोकको कार्यालयमा सम्पर्क गरेमा आर्थिक सहयोग जुटाउनमा सहयोग गर्नुहुने बताउनुभयो ।

नेपाल महिला संघ दारेचोकले गरेको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक योगन्द्र हमाल, नेपाली काँग्रेस चितवनका पूर्व–महासमिति सदस्य रामबहादुर लामा, समाजसेवी बलराम त्रिपाठी, विष्णु कुँवर

देउसी भैलो खेलेर मृगौलारोगीलाई सहयोग
देउसी भैलो खेलेर मृगौलारोगीलाई सहयोग

, यान बहादुर गुरुङ्ग लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । यस अघि संघले ३३ जना बृद्धवृद्धाहरुको सम्मान एवं महिला नेतृत्व विकास सम्बन्धि तालिम सञ्चालन गरिसकेको छ ।

विनोद श्रेष्ठ
मुग्लिन बजार