सामाजिक सञ्जालमा सरकारको सय दिन

चितवन, २६ कात्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको आज सय दिन पुरा भएको छ । सरकारले यो सय दिनको अवधिमा काम गर्न सकेन भनेर चौतर्फी आलोचना भैरहेको छ ।

5सामाजिक सञ्चालमा सक्रिय रहेका युवाहरुले समेत दाहाल नेतृत्वको सरकारको सय दिनको समीक्षा गर्दै उनले काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । युवाहरुले दाहाल नेतृत्वको सरकारलाई ‘लम्पसारवाद’को संज्ञा दिँदै ह्यास ट्याग प्रयोग गरेर हन्ड्रेड डेज अफ लम्पसार #100DaysOfLampasar भन्दै सरकारको बिरोध गरेका छन् । मुलुकका सामान्यदेखि ठूला ठूला घटनासम्मलाई युवाहरुले अध्ययन गर्दै तत्काल सामाजिक सञ्जालबाट बिरोध वा समर्थन गर्ने गरेका छन् ।
पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल ट्वीटर मार्फत सरकारको सय दिनको समीक्षा गर्दै धेरै ट्वीटेहरुले सरकारले काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । सरकारले काम भन्दा धेरै कुरा गर्ने गरेको, आश्वासन र निर्देशन मात्रै दिने तर उपलब्धी शून्य हुने गरेको भनेर युवाहरुले ट्वीटर मार्फत सरकारको सय दिनको समीक्षा गरेका हुन् । सरकार बनेको सय दिनमा सरकारले भारतसँग सम्बन्ध बढाउँदै भारतको सामु ‘लम्पसार’ परेको भनेर ट्वीटेहरुले आक्रोश समेत पोखेका छन् ।
2सरकारको सय दिनलाई समीक्षा गर्दै ट्वीटरमा अक्षर काका लेख्छन्, –‘ बातैपिच्छे निर्देशन, सफेद चिकित्सको अनसन, लोकमान टिकाउन भनसुन, जताततै दुशासन, प्रचण्डको सय दिने शासन । #100DaysOfLampasar
ट्वीटरमा नै सुमन ढकाल ह्याण्डलबाट ‘अंगीकृतलाई प्रम÷राष्ट्रपति बनाउने र टिकापुर हत्याकाण्डका आरोपितलाई आम माफीको अभ्यास संसारकै दुर्लभ उपलब्धि । भएको ट्वीट गरिएको छ ।
दाहाल नेतृत्वको सकारले आफ्नो काम गर्नको लागि विभिन्न प्रतिवद्धताहरु जनाएको थियो । सरकारले जनाएका विभिन्न पाँच प्रमुख प्रतिवद्धताहरु पूरा गर्न सकेको छैन । ट्वीटर मार्फत नै नुवाकोटे ठिटी लेख्छिन्, –‘हिजोसम्म सिर निउराएर हिड्ने प्रचण्डेका छाउराहरु अहिले आएर खुब भुक्न थाल्या छन् लोडसेडिङ मुक्त भनेर हेरौला कति दिनलाई हो ?’

6

सामाजिक सञ्जाल फेसबुकमा समेत सरकारको सय दिनको समीक्षा गरिएको छ । ट्वीटर र फेसबुकमा एउटै ट्रेन्ड चलाएर सरकारको सय दिनको बिरोधका स्वरहरु निकालिएका छन् । फेसबुकमा शिव गिरी लेख्छन्, –‘चीन संग दूरी, भारतसँग लम्पसार । देश विकास शून्य, अंगीकृतलाई सरकार । #100DaysOfLampasar
त्यस्तै फेसबुकमा गणेश पौडेल लेख्छन्, –‘सरकारको सय दिनको काम र उपलब्धी सिर्फ एक शब्दमा वर्णन गर्न सकिन्छ । त्यो विलक्षण शब्द हो–लम्पसार !’

7 4 1

.