खैरहनीमा विरोधको पनि विरोध गर्दै तालाबन्दी तोडियो

रामेश्वर रिजाल
चितवन, २६ कार्तिक । पुर्वी चितवन खैरहनी नगरपालिका कार्यालय प्रमुखको कोठामा लगाइएको तालाबन्दी स्थानीयले प्रहरी र कार्यालय कर्मचारीको रोहवरमा खुलाइएका छन् । सयौंको संख्यामा आएका युवा तथा स्थानीयले नाराजुलुस सहित खैरहनीका कार्यालय प्रमुख अमरनाथ ढकालको कार्यकक्षमा पुगि तालाबन्दी खुलाइएका हुन ।
“कार्यालय प्रमुख ढकालले नीति ,नियम अनुसार कार्य नगरेको भए सम्बन्धित ठाउँमा कुरा राखेर कार्वाही गरे भइहाल्छनी, आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न हजारौं जनतालाई प्रत्यक्ष असर गर्ने कार्यमा हामी किमार्थ सहमत छैनौं” भन्दै सगरमाथा टोल सुधार समिति अध्यक्ष नवीन कुमार बस्नेतले तालाबन्दी खुलाएका थिए ।
जमौली टोल सुधार समिति ,सुन्दर वाटिका टोल सुधार समिति, सगरमाथा टोल सुधार समिति, जमौली युवा क्लब र हुमन वेयल फियर युथ क्लब लगायतका उपस्तिथि रहेको थियोे । कार्यकारी ढकालले खैरहनी आएदेखी नै मनोमानी तरिकाले बजेट विनियोजन गरेको आरोप लगाउदै बुधबार स्थानीय राजनीतिक दल र स्थानीयबासीहरुले संयुक्त रुपमा एक बिरोध कार्यक्रमको आयोजना गरि तालाबन्दी गरेका थिए ।