पर्खालमा कला पोखिदै

करुणा देवकोटा
चितवन, २६ कात्तिक । पर्खालमा कला अभियनको दोस्रो श्रृंखला चितवनमा बिहीबारदेखि सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको पर्खालमा विभिन्न कलात्मक चित्रहरु बनाएर पर्खालमा कला अभियानलाई निरन्तरता दिइएको हो । अक्षर समूह चितवनको आयोजना तथा चितवन ललितकला प्रष्ठिानको सहयोगमा अभियानले निरन्तरता पाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त बहादुर कुंवरले पर्खालमा कला भर्दै अभियानको दोस्रो श्रृंखलाको उद्धघाटन गरेका हुन् ।
जनमानसमा सजिलै बुझ्ने तरिकाले उपयोगी सन्देशहरु प्रभाव गर्न चित्र प्रभावकारी माध्यम हुने कुंवरले बताए । आफ्नो रुचिको क्षेत्र अन्र्तगत कला पनि पर्ने बताउंदै कुंवरले यस अभियानलाई विभिन्न गाउं तथा नगरहरुमा पनि निरन्तरता दिंदै जानुपर्ने बताए ।
अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कंडेलका अनुसार चितवनमा कला क्षेत्रको विकास गर्न यस कार्यक्रमले टेवा पुग्ने छ । रंगलाई माया गर्ने, कलालाई, चित्रलाई सम्मान गर्ने जो कोही पनि यस अभिायनमा सहभागी हुन सक्ने कंडेलले बताए । कलाको माध्यमबाट जनचेतना, जनजागरण गराउने उद्देश्य सहित शहर र नगरलाई सौन्दर्य प्रदान गर्न पर्खालमा कला अभियान प्रभावकारी हुने कंडेलको विश्वास छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको पर्खाललाई विभिन्न सन्देश मुलक चित्रहरुले रंगाउन अहिले वल्र्ड आर्ट लिंकका ७ जना विद्यार्थीहरु खटिएका छन् । वल्र्ड आर्ट लिंकका प्रबन्धक योगेश खनालका अनुसार कला अन्तरमनको भावना प्रष्फुटन गर्ने प्रभावशाली माध्यम हो । सन्देश प्रवाह गर्न, मानिसलाई जागृत बनाउने यसले प्रभावकारी भुमिका खेल्न सक्ने खनालको दावी छ ।
अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष कवि भूपिन खड्काका अनुसार अमेरिका तथा भारतको कोलकत्तामा पर्खालमा कलात्मक र सन्देशमुलक चित्रहरु कोरेर सौन्दर्य प्रदान गरेको देखेसँगै चितवनमा पनि यस अभियानको थालनी गरिएको हो । यस पर्खालमा कलाको पहिलो श्रृंखला गत वर्षको साउन ३१ गते सुरु भएको थियो ।
जिल्ला विकास समिति चितवनका पर्खालहरुमा विभिन्न चित्रहरु बनाएर गत वर्ष अभियान सुरुवात गरिएको थियो । आर्थिक समस्याको कारण बिचमा पर्खालहरुमा कला बनाउन नपाएपनि पुनः यसलाई विभिन्न क्षेत्रको सहयोगमा निरन्तरता दिइएको भुपिनले बताएका छन् । छिमेकी जिल्लाहरु हुंदै राष्ट्रिय अभियानको रुपमा यस कार्यलाई निरन्तरता दिने अक्षर समूह चितवनले प्रतिबद्धता जनाएको छ । विभिन्न राजनीतिक पार्टीका नारा, मद्दा, आदिले भरिएका पर्खालहरुलाई कलात्मक चित्रहरुले रंगाउन सके चितवनलाई सुन्दर नगरी बनाउन सकिने समूहको विश्वास छ ।