सिनर्जी एफएम १६ वर्षमा

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफ एम ९१ दशमलब ६ मेगाहर्ज बिहीबारदेखि १६ औं वर्षमा प्रवेश गरेको छ ।
चितवनको भूमिमा सिनर्जी एफ एम २०५८ साल कात्तिक २६ गते स्थापना भएको हो । एफ एम १६ औं वर्ष मा प्रवेश गरेको अबसरमा एफ एम का प्रबन्ध निर्देशक सहन प्रधानले विज्ञप्ति जारी गदै सिनर्जी एफ एम को यस गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको छ । बिज्ञप्तिमा श्रोताको चाहना अनुसार कार्यक्रम प्रशारण गर्नु नै एफ एम को सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता जनाईएको छ ।
सूचना संगीत अनि मनोरन्जनको एउटै विकल्पको रुपमा रहेको सिनर्जी एफ एम ले गुणस्तरीय र श्रोता लक्षित कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आईरहेको छ । यस अवसर मा प्रबन्ध निर्देशक प्रधानले रेडियोलाइ अझै श्रोता प्रति जिम्मेबार र उत्तरदायि बनाउने प्रतिबद्धता ब्यक्त गरे । प्रधानले निरन्तर रुपमा रेडियोले उत्कृष्ट कार्यक्रमहरु प्रशाारण गर्दै जाने बताए ।
लोकतन्त्र स्थापनाका लागी रेडियोले खेलेको भुमिकाको स्मरण गर्दै प्रबन्ध निर्देशक प्रधानले हालै जारी गणतान्त्रिक लोकतान्त्रिक संबिधानको कार्यन्वयनका लागि सिनजी एफ एमले सकारात्मक भुमिका निर्बाह गर्ने प्रतिबद्धता जनाएका छन् । विज्ञप्तीमा रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको जनाइएको छ ।