स्वरुप परिवर्तन गरिएको मोटरसाइकल नियन्त्रणमा लिदै

चितवन, २५ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिन सुरु गरेको छ ।
मोटरसाइलकको सकर उठाउने, साइलेन्सर पाइप परिवर्तन गर्ने, चर्को हर्न राख्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकलको साइलेन्सर पाइपको स्वरुप परिवर्तन गरेर चर्को आवाज निकाल्दै अनावश्यक रुपमा ध्वनी प्रदुषण गरेको, चर्को आवाजमा पड्कीने गरि स्वरुप परिवर्तन गरिएका मोटरसाइलकलाई नियन्त्रणमा लिन सुरु गरेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले बताए ।
प्राय गरि १० जोड दुईमा अध्ययन गर्ने विद्यार्थीहरुले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर सञ्चालन गर्दै अनावश्यक रुपमा ध्वनी प्रदुषण गराएको गुनासो आएपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको खनियाले जानकारी दिए । बिहीबार मात्रै भरतपुरको क्षेत्रमा रहेको एपेक्स कलेजमा अध्ययन गर्ने तीन जना विद्यार्थीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोयल इन्फान्ड कम्पनीको बुलेट मोटरसाइलकमा अनावश्यक रुपमा स्वरुप परिवर्तन गरेर सञ्चालन गरेको पाइएपछि प्रहरीले मोटरसाइलकलाई नियन्त्रणमा लिएको खनियाले बाताए । प्रहरीको आगमी निगरानी उच्च मावि तथा कलेजमा रहेको समेत खनियाले बताए ।