मिर्गौला पीडितलाई आर्थिक सहयोग

चितवन, २४ कात्तिक । चितवन समाज इजरायल र चितवन सेवा समाज बहराईनको संयुक्त सहयोगमा मिर्गौला पीडित होमराज डल्लाकोटीलाई आर्थिक सहयोग गरिएको छ ।
img_1059

सात महिना अगाडिदेखि मिर्गौलामा समस्या देखिएका कारण उपचार गराई रहेका डल्लाकोटीलाई चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपालले ७१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले कामको सिलसिलामा विदेश गएका नेपालीहरुले जोगाएर राखेको पैसा सेवामा खर्च गर्नु निकै महान काम भएको बताए । विदेशमा दुख गरेका हातहरुले नेपालमा वसेर आर्थिक अभावमा उपचार गर्न नसकेका नेपालीहरुलाई सहयोगलाई निरन्तरता दिन कुँवरले आग्रह गरे ।
विश्वका विभिन्न १२ वटा देशमा रहेका नेपालीहरुले चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपाललाई सहयोग गदै आएको छ । समाजका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले विदेशमा काम गदै आएका नेपालीले गास काटेर पठाएको पैसालाई दुरुपयोग नगरेको भन्दै सानो सानो सहयोगले पनि धेरैको ज्यान बचेको र उपचारमा सहयोग पुगेको बताए । कार्यक्रममा चितवन सेवा समाज बहराईनका महासचिव सुधिर श्रेष्ठ चितवन इजरायल सेवा समाजका सचितव लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy