लागु औषध दूव्र्यसनी जटिल भएको गुनासो

करुणा देवकोटा
गैंडाकोट, २४ कात्तिक । नवलपरासीमा लागुऔषध दुव्र्यसनी र यसको कारोवार जटील देखीएको त्यहांका स्थानियहरुको गुनासो छ ।
यस्तै, सवारी दुर्घटनाको दृष्टिकोणले पनि नवलपरासी जिल्ला जोखिमयुक्त जिल्ला भएको भन्दै नवलपरासीवासीहरुले सुरक्ष्ाँ सतर्कताको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरुसंग माग गरेका छन् । बुधवार गैंडाकोटमा आयोजना गरिएको नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा स्थानिय तथा सरोकारवालाहरुले जिल्लाका विभिन्न समस्याहरुको बारेमा उजागर गर्दै सो कुराहरु बताएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा इलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजनामा भएको कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखहरु, राजनितिक पार्टीका प्रतिनिधि, उद्योगी, महिला अधिकारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।
प्रहरी र नागरिक बिचको सम्बन्ध सुधार गर्न तथा जनताले भोग्दै आएका समस्याहरुको सुनुवाई गर्दै आगामी कार्यहरु सञ्चालन गर्न कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला सडक दुर्घटनाको दृष्टीकोणले बढी जोखिममा रहेको भन्दै सरोकारवालाले सुरक्षा सर्तकताका लागी नागरिक संग र सामाजीक संघ संस्थासंग मिलेर काम गर्न सुझाव दिएका छन् । सहज सामुदायीक अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले विद्यालय हाता र क्षेत्रमा लागुऔषधको प्रयोग बढ्दै गएकाले प्रहरी प्रशासन र सामाजीक संघ सस्थाको सहकार्यमा मात्रै दुव्यर्सनी न्युनीकरण हुन सक्ने बताएका छन् ।
पुर्व लागु औषध प्रयोग कर्ता राजु गुरुङले मेडीकलहरुमा अनाधिकृत रुपमा लागुऔषधको विक्रिवितरण हुने गरको भन्दै त्यसतर्फ ध्यान दिन प्रहरीलाई आग्रह गरेका छन् । लागुऔषधको प्रयोगकर्ता भन्दा त्यसको कारोबारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सहभागीको जोड रहेको थियो । साथै दुर्घटना, चोरी लुटपाट हिंसा र लागु औषध दुव्र्यसनीको न्युनीकरणमा नागरिक संग मिलेर काम गर्न समेत स्थानियहरुले प्रहरीलाई सुझाव दिएका छन् । प्रहरी र नागरिक बिचको सम्बन्ध साथिको जस्तो हुनुपर्ने भन्दै अपराध गर्नेहरुलाई सजाय मात्र दिने भन्दा पनि उनिहरुलाई सही बाटोमा मार्ग निर्देश गर्ने काम प्रहरीको भएको सरोकारवालाहरुले बताएका छन् ।
गैडांकोट क्षेत्रमा दुव्यसनीको सञ्जाल फैलीएको भन्दै सरोकारवालाहरुले दुव्र्यशनी अन्त्य गर्दै समाजमा अमनचयन कायम गर्न आंफुहरु प्रहरीको साथ दिन तयार भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्ष्ँक राजेन्द्र प्रसाद चौधरीले प्रस्तुत गरेको तथ्यांकको आधारमा पनि पछिल्लो ३ महिनाको अवधिमा लागु औषधसंग सम्बन्धित २७ वटा मुद्धा जिल्लामा दर्ता भएका छन् ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरीक कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले दुव्र्यसनी न्युनिकरणका लागि युवा बर्गमा चेतना अभिवृद्धीको आवश्यकता रहेको बताएका छन् । कार्यक्रम जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।