चिकित्सक संघ चितवनमा डा.खतिवडाको नेतृत्व

भरतपुर । नेपाल चिकित्सक संघ चितवनमा डा.प्रकाश खतिवडाको अध्यक्षतामा सर्वसहमत १३ सदस्ययी नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा डा. मनोहर प्रधान, उपाध्यक्षमा डा. केशव पौडेल, सचिवमा डा. भोजराज अधिकारी, सहसचिवमा डा. कृष्णसागर शर्मा, कोषाध्यक्षमा डा. भारतीदेवी रेग्मी, सहकोषाध्यक्षमा डा.योगेश रेग्मी चयन भएको निर्वाचन अधिकृत डा. भोलाप्रसाद रौनियारले जानकारी दिए ।14910368_1330677180300432_6842078871317738513_n
त्यस्तै सदस्यहरुमा डा. समिर शर्मा, कुशल भट्टराई, डा. जगदिशचन्द्र विष्ट, डा. सोफिया पौडेल, डा. गुरुशरण साह र डा. सुनिलकुमार साह चयन भएका छन् । निर्वाचित भएसगै नवनिर्वाचित कार्यसमितिले मेडिकल सिटीका रुपमा चितवनलाई स्थापित विभिन्न नयाँ रणनिति तय गर्न लागेको सचिव डा. भोजराज अधिकारीले बताए ।