माडीमा जंगली हात्तीको आतंक

चितवन, २२  कार्तिक । माडी नगरपालिका–५ धोबाहा खादरटोलमा शनिबार राति चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका २ हात्तीले धान खाएर आतंक मञ्चाएका छन् ।elephant

हात्तीले स्थानीय पारस सहनीसँगै अन्य कृषकले घरमा भित्र्याउन थुपारेको धान खाइदिएको हो । राति १२ बजेको समयमा बस्तीमा प्रवेश गरेको हात्तीले धान नष्ट गर्नुका साथै सोही ठाउँका बिश्राम मर्दनिया, मीना मर्दनिया र टीका महतोको घरसमेत भत्काएको छ । तेस्तै, हात्तीले माडी नगरपालिका–२ भैरपुरमा टीकाराम भण्डारीको धान खाएको स्थानीयले जानकारी दिएका छन् । हात्ती धपाउन खोजे पनि आक्रमण गर्ने डरले ट्रयाक्टरको साहाराले हात्ती धपाइएको पारस सहनीले बताए ।