प्रथम देवचुली महोत्सवको तयारी अन्तिम चरणमा
नवलपरासी, २२ कार्तिक । प्रथम देवचुली महोत्सवको अन्तिम तयारीले चल्दैछ । महोत्सव हुने स्थल कावासोतीको फलफूल चोकदेखि पछाडी रहेको कावासोती खेल मैदानमा स्टल निर्माण र सजावको कार्य लगभग सकिएको छ । विभिन्न संचार माध्यमा महोत्सवको विज्ञानहरु बजिरहेको र भने राजमार्ग लगाएत विभिन्न स्थानमा पर्चा पम्पेलेटिङ, तथा माईकिङ्ग गरिएको छ ।
दैनिक रुपमा उप समितिहरुमो बैठक बसी महोत्सको पहिलो दिनमा अधिकात्म मानिसहरुलाई कावासोतीमा उत्रान सकिन्छ र महोत्सव कसरी पूर्ण रुपमा सफल हुन्छ भन्ने बहसमा लागेका छन् । आईतबार कावासोतीमा भएको भेलाले बाल बालिका उप समिति गठन गरी बालबालिकाको समेत प्रतिनिधित्व बढाउन कार्य शुरु भएको छ । किरण भूर्तेलको संयोजकत्वमा १४ सदस्यीय उप समिति गठन गरिएको छ ।
महोत्सवको लागि विभिन्न स्थानमा धोजा पतेका गरिएको छन् । महोत्सव स्थलमा बाल उद्यान ५० प्रतिशत काम सकिएको छ । बाल उद्यानमा नेपालमा नै पहिलो पटक वच्चाहरुका लागि वाटर मेग देवचुली महोत्सव बाट शुरु गरिएको बाल उद्यानका व्यवस्थापक हरिष भट्टले जानकारी गराए।
महोत्सवको अवसरमा आयोजना हुने देवचुली डान्स आईडिएल को मेगा अडिसनबाट १० जना छनोट गरिएको छ । आईतबारदेखि मेगा अडिसन शुरु गरिएको बर्षा फिल्म हाउसका गणेश कार्कीले जानकारी दिए । अडिसन निरन्तररुपमा अगाडी बढ्ने छ । मिलन गेष्ट हाउसकोे सभाहलमा भएको अडिसनमा विभिन्न स्थानबाट आएका सहभागिहरुले भाग लिएका थिए । लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको हो ।
मध्य नेपालकै पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आठौ वार्षिक उत्सवको अवरसरमा आयोजना गरेको प्रथम देवचुली महोत्सवमा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ ।
कावासोतीको खेल मौदानमा यहि कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म महोत्सवमा मिस देवचुली एम्बेस्टर प्रतियोगिता, डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान र चर्चित कलाकारहरुको विशेष प्रस्तुती समेत रहनेछ ।