चितवनमा धुमधामसँग छठ पर्व मनाइयो (तस्वीरसहित)

चितवन, २२  कार्तिक । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजाको समापन गरिएको छ । कात्तिक १९ गते चतुर्थीको दिनबाट सुरु भएको छठ पर्व सोमबार सकिएको हो । चितवनको नारायणी नदी किनार, लौरी धोल, राप्ती नदी, बढी राप्ती सहित विभिन्न तालतलाउहरुमा छठ मनाउनेहरुको भिड रहेको थियो ।img_0680

व्रतालुहरु चतुर्थीको दिनमा नुहाईधुहाई शुद्ध भएर चोखा खाने कुरा खाएर उपावनासँगै सुरु भएको छठ पूजा पञ्चमीमा भेली र दूधबाट बनेका परिकार (खर्ना) खाएर बस्ने गर्दछन् ।14962519_1349885671736712_5512572050829813830_n

षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभरी जाग्राम बस्दै सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पूजा सकिने गर्दछ । पछिल्लो समय छठ पूजा प्रति आकर्षण बढेसँगै पहाडी समुदायका व्यक्तिले समेत छठ मनाउन थालेका छन् । 14937305_1349885698403376_7803178660567690205_n
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको थियो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको थियो । 14900474_1349887105069902_2308485659026507931_nऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित पञ्प पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । सो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । 14632902_1349885728403373_54262161259025302_n
लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । chhat-rautahat
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । चितवन, नवलपरासीसहित पहाडी बाहुल्यता भएको बस्तीका साथै काठमाडौँ छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाइएको छ । मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ तराईका जिल्लाका साथै राजधानीमा समेत मनाइएको छ ।
काठमाडौँको गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गरेकी छिन् । छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदाको समेत रहेको थियो । छठ पर्वको अवसरमा नारायणी नदि किनार, पूर्वी चितवनको खगेरी खोलाको किनारमा समेत विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।