देवघाट धामलाई विकास गर्न धार्मिक पुष्प बाटिका निर्माण गरिने

करुणा देवकोटा
चितवन, कार्तिक २१ । धार्मिक तथा पर्यटकिय क्षेत्रत्रको रुपमा देवघाट धामलाई विकास गर्न धार्मिक पुष्प बाटिका निर्माण गरिने भएको छ । देवघाटको महिमालाई अझै फराकिलो बनाउन यस पुश्प बाटिकाले विशेष महत्व राख्ने धार्मिक पुश्प बाटिका निर्माण समितिको विश्वास छ । शनिवार बसेको समितिको बैठकले पुश्प बाटिका निर्माण तथा सडक फराकिलो बनाउने कामलाई तिव्रता दिने जानकारी गराएको छ ।devght

आंपटारी देखी देवघाट क्षेत्रसम्म धार्मिक महत्व बोकेका बोट विरुवा तथा फुलहरु रोप्ने र हाल भइरहेको सडकलाई बिस्तार गरी २ लेनको सडक निर्माण गर्ने पुश्प बाटिका निर्माण समितिका अध्यक्ष तथा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताएका छन् । डिभिजन सडक कार्यालय भरतपुरका निमित्त प्रमुख गजेन्द्र बहादुर चन्दले आंपटारीदेखी देवघाट क्षेत्र सम्मको बाटो २ लेन बनाउन प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् ।
पौडेलका अनुसार एशियामा प्रसिद्ध तिर्थ स्थल, यस देवघाट धाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि वर्षेनी धेरै धार्मिक पर्यटकहरु आउने हुंदा यस क्ष्ँेत्रको विकास अत्यन्तै आवश्यक छ ।
देवघाटधाम पुजा अर्चना, काज क्रिया तथा घुमघामको लागि पनि धेरैको रोजाईमा पर्ने गरेको छ । यस्तै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्ष्ँेत्रको विकासले आर्थिक समृद्धिलाई पनि संगै लैजान मद्यत पुग्ने पौडेलले विश्वास लिएका छन् ।
यस क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुलाई धार्मिक क्षेत्रमा प्रवेश गरेको आभास दिलाउन विभिन्न भग्वानको प्रतिमाहरुपनि निर्माण गरिने पौडेलको भनाई छ ।

देवघाट क्षेत्र विकास समितिका पुर्व सदस्य विष्णु प्रसाद सापकोटाले प्रवेशद्धारमा भगवान् शिव तथा विष्णुको प्रतिमा निर्माण गर्न १ लाख रुपैंया सहयोग गर्ने बताएका छन् ।
शनिवार ५० हजार रुपैयाको चेक देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेललाई हस्तान्तरण गर्दै आफ्नी स्वर्गिय आमा कृष्ण देवी सापकोटाको नाममा सो प्रतिमाहरुले आंफुले निर्माण गर्ने पौडेलले बताएका छन् ।
बांकी रकम आगामी दिनमा हस्तान्तरण गर्ने बताउंदै सापकोटाले देवघाट क्षेत्रको विकासलाई अन्यलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।