गणेश मन्दिर कटहरचोकमा गणेश पुराण महायज्ञ हुदै

राजु थापा
चितवन, कार्तिक २१ । चितवनको भरतपुर कटहरचोकमा रहेको ओम श्री गणेश मन्दीरले कार्तिक २३ गते देखि १ हप्ते गणेश पुराण ज्ञान महायज्ञ गर्ने भएको छ । मन्दिरको सर्वाङगीण विकासका साथै मन्दिरको कार्यालयको लागि तला थप गर्नेको लागि केही आथिएक संकलन होस् भन्ने उद्धेश्यले ज्ञान महायज्ञको आयोजना गरेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । ganesh-puran_l
हिन्दुधर्म अनुसार कुनै पनि कार्य गर्दा सर्वप्रथम गणेश भगवानको पुजा आराधाना गर्न कार्य अनुरुप मानवमात्रलाई शाशवत सत्यको मार्गमा डोराउन, धार्मिक र नैतिक मार्गमा डोराउने उद्धेश्य राखी देवधाटको हरिहर आश्रमका पिठाधिश १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वतीको संरक्षकत्वमा गणेश पुराण महायज्ञ हुन लागेको हो ।
गणेश पुराणमा युवा पण्डित चेतराज कण्डेलले कार्तिक २३ देखि २९ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको यज्ञ सम्पादन मुल समिति संयोजक रविभद्र खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कुल २५ लाख यज्ञ मार्फत संकलन गर्ने लक्ष्य लिएको महायज्ञमा १० लाख खर्च अनुमान गरिएको छ । नगद ५ सय भन्दा बढी देखि १ लाख १ भन्दा बढी दिने चन्दादातालाई विभिन्न सम्मान गर्ने समितिले तय गरेको छ । भरतपुर उपमहानगरपालिका १० , ६ र ७ को संगममा रहेको मन्दीरले यस क्षेत्रमा विभिन्न समयमा धार्मिक कार्य गर्दै आएको छ । हरेक दिन विहान ४ वजे देखि ९ वजे सम्म पुजा आराधाना गर्ने कार्यक्रम रहेको यज्ञ सम्पन्न गर्नको लागि यस अधि नै १ सय ५१ मुल कार्यसमिति सहित १२ उपसमिति गठन गरि सकेको छ ।