पर्यटक घुमाउदा खुट्टा गुमाएका सापकोटालाई ह्वईल चियर सहयोग

चितवन, २१ कात्र्तिक । पर्यटक लाई घुमाउने क्रममा आफनै खुट्टा गुमाउन पुगेका पुर्वी चितवन खैरहनी नगरपालिक हर्नरीका शिवबहादुर सापकोटालाई नेपाल जर्नी अमेरिकाले ह्वईल चियर हस्तान्तरण गरेको छ ।
चितवनका चर्चीत गाएक भुवन प्यासीले सापकोटालाई ह्वईल चियरहस्तान्तरण गरेका हुन् । लामो समय चितवनमा पर्यटक पथ प्रर्दशकका रुपमा कार्यरत उनको कामकै सिलसिलामा देउरे गोडा गुमेपछी असंत बनेका उनलाई नेपाल जर्नी अमेरिकाले ह्वईल चियर प्रदान गरी सहयोग गरेको हो ।
जंगलमा पर्यटक घुमाउदै गर्दा गैडाले लखेट्ेपछी लुक्ने क्रममा सिरु बिजी घाउलागेको खुट्टा निको नभएपछी देउरे खुट्टा घुडा मुनिबाट काटेर फाल्नु परेको उनले बताए । गरिबिका कारण हुईल चियर समेत किन्न नसक्ने अवस्था रहेको आफुलाई नेपाल जर्नी अमेरिकाले ह्वईल चियर प्रदान गरेको भन्दै उनले खुसि प्रकट गरे । उनको परिवार समेत शारिरिक रुपमा असंक्त रहेपछी उनले बैशाखिको भरमा बजारमा डुलेर केहि पैसा संकलन गरी आर्थीक जोहो गर्दै आएका थिए ।
दुबैहातले बैशाखी टेकेर एक खुट्टाले हिडदै मागेर गुजारा गर्नु पर्ने बाध्यता बाट केहि हद सम्म भएपनी छुट्कारा मिलेको उनले बताए । नेपाल जर्नीले उनकै निबास हर्नरीमा पुगेर उनलाई ह्वईल चियर बितरण गरेको हो ।
कार्यक्रममा एन आर एन ए सुईडेनका उपाध्यक्ष नवराज रेग्मी, नेपाल जर्नीका स्थानिय संयोजक मुरली प्रसाद जगुरेल, बैर्कस सरोज न्यौपाने , ब्यवसायी एवं हिमालय खवर अमेरिकाका सम्पादक बिकास न्यौपाने र गायक भुवन प्यासिले सापकोटाको परिवारलाई थप आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै हिमालय खवर अमेरिकाले जिल्लाका बिभिन्न्न बिद्यालयका गरिव बिद्यार्थीका लागी न्याने कपडा र शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम तय भएको हिमालय खवरका सम्पादक न्यौपानेले बताउनु भयो ।
सो अवसरमा बोल्दै सापकोटाले आफुर आफनो परिवार दुबै अशंंत भएकाले आफनो छोराको शैक्षिक बिकासका लागी सहयोग गरीदिन आग्रह गरेका थिए । कार्यक्रमको जुझारु विनर्स युर्थ चितवनले सहजीकरण गरेको थियो ।