चितवनमा अस्थायी शिक्षक संघर्ष समिति गठन

चितवन, २१ कात्र्तिक । चितवनका अस्थायी शिक्षकहरुको भेलाले आज अस्थायी शिक्षक संघर्ष समितिको तदर्थ समिति गठन गरेको छ ।14991356_2032669886959376_7762809468855222298_o केन्द्रीय उपाध्यक्ष ज्योतिनारायण ढकालको प्रमुख आतिथ्यतामा तोयनाथ भुसालको संयोजकत्वमा १३ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । यस्तै जिल्लाको ५ वटै क्षेत्रका संयोजकहरु प्नि चयन गरिएको छ । 14889914_2032669963626035_9021585612721523583_oक्षेत्र नं.–१ मा अञ्जु उप्रेती, क्षेत्र नं.–२ मा हरिप्रसाद न्यौपाने, क्षेत्र नं.–३ मा विष्णु ढकाल, क्षेत्र नं.–४ मा मधुलाल पौडेल र क्षेत्र नं.–५ मा लोकप्रसाद चपागाई क्षेत्रिय संयोजक रहेका छन् ।
अस्थायी शिक्षक राज्यलक्ष्मी हमालको अध्यक्षतामा सम्पन्न भेलाले आगाी कात्र्तिक २४ गते चितवन उच्च माविमा वृहत भेला गरि नयाँ कार्य समिति घोषण गर्ने जनाएको छ ।