ट्रक र मोटरसाइकल ठोक्कीदा २ घाइते

विनोद श्रेष्ठ
चितवन, २० कार्तिक ।
पृथ्वी राजमार्ग अन्तरगत चुम्लिङ्ग नजिकै मुग्लिनबाट काठमाण्डौ जादै गरेको बा ७७ प ५२४३ नम्बरको भि आर बाइक र विपरित दिशाबाट आएको यू पि ५३ वि टी ० ५०६ नम्बरको भारतिय मिनी ट्रक संग ठक्कर खादा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । यसरी घाइते हुनेमा १ महिला र १ पुरुष रहेका छन् ।123456

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि भरपुर लगिएको छ । ठक्कर दिने ट्रकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।