जाने होईन् त देवचुली महोत्सवमा यस्तो छ महोत्सवको आर्कषण

नवलपरासी, १९ कात्र्तिक ।  प्रथम देवचुली महोत्सव २०७३ को पूर्व सन्धामा तयारीले निकै तिव्रता पाएको छ । देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रथम महोत्सव कस्तो हुने हो भन्ने धरैले चासो र चिन्ताले हरिरहेका छन् । मिडिया क्षेत्रबाट गर्न लागिएको यो एतिहासिक मेला हो । 21001568-bc2_big
कार्तिक २५ गतेदेखि मंसिर ४ गते सम्म हुने मेला संस्कृति संरक्षण पर्यटनको आधार समृद्ध राष्ट्रको लागि कृषि तथा उद्योग व्यापार भन्ने नारा तय गरिएको छ ।
महोत्सवको लागि सबै क्षेत्रलाई समेट्न के कस्ता विषहरुलाई समेट्ने भन्ने विषयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल अन्तरक्रिया तथा उप समितिहरु गठन गरेको छ ।devchuli

विभिन्न उप समितिहरु गठन
महोत्सवको मिति नजिकिदै जादा महोत्सव सफल पार्न विभिन्न उप समितिहरु गठनले तिव्रता पाएको छ । महोत्सवमा सबैलाई आफ्नोपनको महशुस गराउन अहिले सम्म कृषि, शिक्षा, सहकारी, आदिबासी जनजाति, तथा सांस्कृतिक समिति गठन गरि सकिएको छ । अहिले ति समिति मार्फत महोत्सव सफल बनाउने काम भईरहेको छ भने सरसफाईको लागि पनि समिति गठनको अन्तिम तयारी गरिएको महोत्सव मूल समितिले जनाएको छ । त्यसको लागि यहाँका फोहरसँग सम्बन्धीत सरोकारवालाहरुसँग छलफलको तयारी गरिएको छ ।

कृषि समिति
शुक्रबार भएको भेलामा यहाँका कृषि क्षेत्रका सरोकारवालाहरुले अधिकत्मक कृषिको प्रबद्धनको लागि एक जुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । मेलामा कृषिलाई प्राथमिकतामा राख्न बुद्धि बहादुर देउजाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा कृष्ण गुरौ, खगराज गौतम, जानुका पन्त ढुंगाना, निर्मला कंडेल, सुशीला परियार, रुकमणी महतो, पूर्ण शर्मा, राजन राई, गन बहादुर सारु, ईन्द्र फाल र लाल बहादुर सारु रहेका छन् । यहाँका नमूना कृषकहरुले आफ्ना उत्पादन प्रर्दशनीको लागि राख्ने छन् भने आधुनिक बाख्राको खोर तथा खसी बाख्रा पनि राख्न किसानहरुले चासो दिएका छन् ।

आदिबासी उप समिति
महोत्सवमा आदिबासीहरुका घरहरु मौलिक खाना, नाँच गानको तयारी गरिएको छ । मगर थारु, तामाङ लगाएत विभिन्न समुदायहरुले आफ्नो पहिचान झल्काउने जमर्को गरिरहेका छन् । महोत्सवमा शोभा यात्रामा जातिय पहिचानको निकै महत्व हुने हुदा अहिले यो समिति प्रमुख प्राथमिकतामा रहेको छ ।

आदिबासी जनजाती नगर संमवन्य समितिका अध्यक्ष देवीसरा पुलामीको संयोजकत्वमा समिति गठन गरि जति सक्दो मानिसहरुको सहभागिता गराउन र आदिबासीको महोत्सवको स्टल प्रमुख गन्तब्य बनाउन लागि परेको छ ।

यहाँको कावासोती मध्यविन्दु, गैंडाकोट र देवचुली नगर समिति मेलाको सह आयोजक भएकाले पनि कृयाशील छ । पहिलो दिनको सोभा यात्रामा आदिबासीको झाकी तथा हरेक दिन एउटा एउटा समूहको झाँकी तथा नृत्यहरु प्रदर्शन गरिनेछ ।

शिक्षा समिति
देवचुली टेलिभिजनको आठौँ बार्षिक उत्सवको अवसरमा गर्न लागिएको महोत्सवलाई पूर्ण रुपमा सहयोग गर्ने शैक्षिक सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।

शिक्षा क्षेत्रका व्याक्तिहरुको भेलाले केशव प्रसाद कंडेलको संयोजकत्वमा ८ सदस्यीय शैक्षिक कार्यक्रम संचालन तथा व्यस्थापन गराउन उप समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दिपक नाथ घिमिरे, हरीहर अधिकारी, गोपाल लम्साल, रामप्रसाद पाण्डे, रमेश अधिकारी, बिष्णु न्यौपाने र सदस्य सचिवमा तिर्थ कंडेललाई चयन गरेको छ ।

यस्तै ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा मुक्ति राम पाण्डे, बाबु राम राना, झपेन्द्रश्वर भुसाल, शिव देवकोटा, र भोजराज दाहाल रहेका छन् ।

भेलामा सहभागिहरुले महोत्सवमा आफूहरु सँग समेत सहकार्य गर्न खोजेको प्रति खुसी व्यक्त गर्दै शिक्षासँग सम्बन्धी विभिन्न स्टलहरु राख्ने र पहिलो दिनको शोभा यात्रामा समेत सहभागिता हुने निणर्य गरेको छ ।

महोत्सवमा नवलपुर क्षेत्रको शिक्षाको अहिलेको अवस्था झल्किने विभिन्न स्टलहरु राख्ने तथा शैक्षिक परामर्श तथा अभिनन्दन लगाएतका कार्यक्रमहरु महोत्सव अबधिमा राख्न सुझाव दिएका छन् ।

सहकारी समिति
देवचुली महोत्सव मार्फत जिल्लाको सहकारीको अवस्था झल्किने गरी देवचुली महोत्सवलाई सहकारीमय बनाउने यहाँका सहकारीकर्मीहरुले बताएका छन् । पहिलो दिनको सोभा यात्रामा सहकारीहरुकर्मी आफ्नो व्यानर सहित शोभा यात्रामा सहभागि हुने र सहकारी मार्फत जिल्लामा उत्पादनमा भएका बस्तुहरुको स्टलहरु राख्ने प्रतिबद्धता जनाएका छन् ।

देवचुली टेलिभिजनका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक केबी रानाको अध्यक्षतामा भएको भेलाले शृजनशील बचत तथा ऋण सहकारीका अध्यक्ष छविलाल अर्यालयको अध्यक्षतामा ७ सदस्यीय सहकारी समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा नारायण प्रसाद काफ्ले, घनलाल सापकोटा, नारायण पौडेल, गैरी सिग्देल, नारायणी भट्राई र विद्या गैरी चयन हुनुभएको छ ।

देवचुली टेलिभिजनको सभाहलमा भएको भेलामा सहभागि बनेका जिल्लाका २ दर्जन सहकारीका पदाधिकारीले आफूले समेत सक्दो सहयोग गर्ने बताएका थिए भने महोत्सवमा के कस्ता बिषयहरुलाई प्राथमिकता दिने भन्ने बारेमा सुझाव राखेका छन् ।

यी हुन महोत्सवका आर्कषक
कावासोतीको थाना चोक पछाडी रहेको कावासोती खेल मैदानमा महोत्सव हुनेछ । महोत्सवको करिव डेढ लाख सर्वसाधरणले अबलोकन गर्न महोत्सव स्थलमा पुग्ने आयोजकको दाबी छ । मेलामा करिव साढे २ सय स्टलहरु रहेने छन् ।

महोत्सवमा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झाँकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ । यस्तै मिस देवचुली एम्बेस्टर प्रतियोगिता, डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान र चर्चित कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित बाल उद्यान र मनोरञ्जनका स्टलहरु मुख्य आर्कषणको रुपमा रहेका छन् । अहिले सम्म महोत्सवमा २ सय स्टल बुकिङ्ग भईसकेका छन् ।

महोत्सवको प्रचारको लागि देउसी भैलो 
अहिले महोत्सवको प्रचार प्रसारको कार्य तिव्र गतिमा अगाडी बढेको जिल्लाका अघिकासंस संचार माध्यममा देवचुली महोत्सवको बिज्ञापन बझेको छ भने अहिले पत्रपत्रिका समेत महोत्सवको रौनकता देख्न सकिन्छ।

मिडिया हाउसको महोत्सव हुदा यहाँका संचार मध्यमको समेत राम्रो साथ देखिन्छ । महोत्सवको प्रचारको लागि देवचुली टिभिले तिहारको अवसरमा प्रचारात्म देउसी भैलो खेलिरहेको छ । जिल्लाको विभिन्न स्थानमा पुगि महोत्सवको लागि निम्तो बाड्र्दै देउसी भैलो टोलि अगाडी बढीरहेको छ ।