स्टाप नर्स बन्ने रहर पुरा हुन सकेन् : तरकारीवाली कुसुम ( १० तस्वीर र भिडियो अन्र्तवार्तासहित)

राजेन्द्र आचार्य

चितवन, २० कात्तिक । ईन्टरनेट फोटो भइरल बनेपछि चर्चामा आएकी कुसुम श्रेष्ठको दैनिकी फेरिएको छ । आफ्नै काम वयस्त बन्ने कुसुमलाई यतिवेला फोन उठाउन भ्याईनभ्याई छ । गाउका साथी भाई ईष्ट मित्र आफन्त, पत्रकार धेरैको बधाई छ यतिवेला उनलाई ।3

तिहार विदामा घरमा आएको वेलामा बुबा आमाले बारी फलाएको टमाटर बेच्न भैरवी कृषिन सहकारीमा आउदा उनको तस्वीर काठमाडौं किर्तिपुरका रुपचन्द्र महर्जनले कुसुमको झोलुङ्गेपुलबाटतरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर फेसबुक कालमा पोष्ट गरेपछि उनी एकाएक चर्चामा आएकी हुन् ।10

2

जुन तस्वीर फेसबुक हुदै ट्विटरमा भाइरल बनेपछि अन्र्तराष्ट्रिय मिडिया समाचार आएपछि नेपाली सञ्चारमाध्यम यतिवेला उनको समाचार बनाउन तल्लिन छन् । यसैक्रममा उनी माझ हामी उनी भैरवी कृषि सहकारीमा मनकामना दर्शन गरेर र्भर्खर र्फकिएकी थिईन् । आफ्ना काका पद्म श्रेष्ठसगैँ बसेर पत्रकारहरुलाई अन्र्तवार्ता दिदै थिईन् । 5
“तपाई यति वेला चर्चा हुनुहुन्छ, तपाईथाहाछ भन्ने प्रश्नमा उनले भनिन् अँ थाहा छ, लजाउदै उनले भनिन् । सुरु मत निकै डर लोको थियो तर अहिले रामैसगँ बोल्छु । फोन आएर हैरान छु ।4

चार्ज सकिएपछि बल्ल आन्नद हुन्छ । मेरो त स्टाप नर्स बन्ने रहर थियो उनले थपिन् तर पुरा हुन सकेन् ।7 सौराहा अनलाईनसगँ कुराकनी गर्दै उनले भनिन् मेरो ईच्छा त स्टाप नर्स बन्ने हो, आर्थिक अभावले गर्दा म क्वेष्ट मोडेल कलेजका व्यवस्थापन संकाय पढेको हो, सहयोग केही अब स्टाप नर्स पढ्छु, बा आमाको एक्ली छोरी हुँ , उहाहरुलाई मैले केहि गरेर देखाउन छ, उहाँ कै कारण आज म यो स्थानमा छु उनले थपिन् । ”6

मनकामना दर्शन पछि आफुले तरकारी बेच्ने भैरवी कृषि सहकारी परिसरमा टमार खेलाउदै उनले भनिन् अहिले १८ बर्ष भए, १२ देखि तरकारी बेच्दै आएकी हुँ, काम गर्दा मलाई गौरव लाग्दछ, म मेरो काम गरेको तस्वीर कै कारण चर्चामा आएकी हुँ । ”8

निकै लजालु स्भावकी उनले मस्करादै भनिन् कृपया मलाई नराम्रो कमेट नगरिदिनुहोला, म गाउकी छोरी काम गरेकी छु, म काम मा रमाउछु ।9

चर्चामा आएसगै आफुलाई मोडल, फिल्मको अफर आएको बताउदै, उनले हासेर थपिन् म सामाजिक संस्कृतिमा आधारित फिल्म खेल्न तयार छु । अझ तरकारीवालीमा त विशेष रुची छ । यो शिर्षक चाहीँ मलाई उपयक्त छ ।