गोर्खा भर्तीको विरोध गर्ने विप्लव माओवादीका ११ माओवादी पक्राउ

 

काठमाडौं, १९ कात्र्तिक। गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको शान्तिवाटीकाबाट नेता अनिल शर्मा ‘विरही’सहित ८ जनालाई र असनको इन्द्रचोकबाट ३ जनालाई पक्राउ गरेको हो ।maoist-arrested

विप्लव माओवादीले शुक्रबार शान्तिवाटीकामा भेला भएर जुलुससहित लैनचौरस्थित भारतीय दूतावास पुग्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो ।

तर, प्रहरीले शान्तिवाटीकामा भेला भएका नेता(कार्यकर्ताहरुलाई लाठीचार्ज गरी तितर(वितर पारेको माओवादी नेता माइला लामाले जानकारी दिए ।

लामाका अनुसार प्रहरी हस्तक्षेपका कारण भारतीय दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत स्थगित गरिएको छ ।