महिला हत्या गर्ने कैदीले आत्महत्या गरे
नेत्र गुरुङ्ग
चितवन, १९ कात्र्तिक । चितवनमा एक जना कैदी झुण्डीएर आत्महत्या गरेका छन् । धादिङ्ग बुम्दी गाविसका २६ बर्षिय हेमबहादुर थापाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक वसन्त कुवँरले जानकारी दिए ।
जिल्ला कारागारको कैदीवन्दी कक्षमा नै मुढा बुन्ने डोरी बेरी उनले आत्महत्या गरेको उनले जानकारी गराए । केहि समय अगाडी चितवनको पोखरा वसपार्कको कलश होटल एक महिलाको हत्याको आरोपमा उनी र्पुपक्षका लागि जिल्ला कारागारमा थिए ।
उनी लामो समयदेखि मानसिक तनावमा रहेकोले आत्महत्याको कारण चाही खुल्न नसकेको चितवन प्रहरी ले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।