सपनाले बनायो शक्तिखोरको लटौलीमा विद्यालय पुननिर्माण (भिडियो र तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, १८ कात्र्तिक । चितवनको विकट पाहाडी गाउँ लटौली विद्यालयको पुन निर्माण सकिएको छ । महाभुकम्पका कारण क्षतविक्षेत बनेको विद्यालयको करिब चार लाख रुपैयाको लागतमा पुन निर्माण गरिएको हो । सामाजिक सेवामा विगत एक दशक देखि सक्रिय सपना भिलेज सोसल इम्फ्याक्टको सहयोगमा उक्त विद्यालयको पुन निर्माण गरिएको राष्ट्रिय प्रथामिक विद्यालय शक्तिखोर लटौलीका प्राधानाध्यापक बुद्धिराज गिरीले जानकारी दिए । अब खानेपानी र शैचालयका लागि समेत विद्यार्थी जंगल जानु पर्देन् उनले थपे ।
चेपाङ्ग सुमदायका विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयमा भुकम्पका कारण विद्यालय भत्किएपछि विद्यार्थीहरु टहरामा पढ्न बाध्य बनेको हामीले थाहा पायौ सपना भिलेज सोसल ईम्प्याक्टका अध्यक्ष धुव्र गिरीले भने । पुन निर्माणसगै हामी रगँ लगाउने र खानेपानी र चार्पी समेत निर्माण गरेपछि विद्यार्थीहरु खुसी छन् ।
शक्तिखोर बजारबाट ३ घण्टा उकालो लागेपछि पुग्न सकिने विद्यालयलाई विगतमा सामन्य गाउले पारामा बनाएपनि भुकम्प पछि यसरी विद्यालयलको सोरुप नै सपना भिलेजले परिर्वत गरेको निकै खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकमान प्रजाले बताए ।
पुन निर्माण गरिएको विद्यालयका लागि हल्याण्डबाट सहयोग प्राप्त भएको ईम्प्याक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।
सोसल ईम्प्याक्ट मार्फत निर्माण सकिएपछि होल्याण्डकी सहयोगदाता योका आफै विद्यालयमा पुगी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेकी थिईन् । भुकम्पपछिको तस्वीरहरु सोसल ईम्पयाक्टले पठाएपछि संकलन गरिएको सहयोग सोसल ईम्पयाक्ट मार्फत पठाई विद्यालय बनेपछि आफै आएर हर्दाै निकै खुसी लागेको बताईन् ।
शारिरीक रुपमा अशक्त रहेकी उनले बाजा र सागीतिक कार्यक्रम गरेर उक्त सहयोग जुटाएकी थिईन् । उनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताईन् । आफु भईँ बसेर पढेको सम्भीदै कक्षा दुईमा विकास चेपाङ्गले विद्यालयको शोरुप नै परिर्वतन भएको निके खुसी व्यक्त गरे ।