रामग्राम नगरपालिको सवारी साधनको चरम दुरुपयोग

रबिन्द्र यादव
नवलपरासी , १८ कात्तिक । नवलपरासीमा सरकारी कार्यालयको सवारी साधानहरुको चरम दुरुपयोग भएको पाईएको छ । बिशेष गरी चाड पर्व वा सरकारी बिदाका दिन पनि पदीयदुरुपयोग गरी ति सवारी साधनको कर्मचारीहरुद्धारा चरम दुरुपयोग गरिएको पाईएको हो ।
जिल्लामा सबैभन्दा सवारी साधन दुरुपयोग गर्ने कार्यालय मध्र्ये सबै भन्दा मुख्य कार्यालयमा नवलपरासीको सबैभन्दा पुरानो नगरपालीका रामग्राम नगरपालीका पर्दछ । जुन कार्यालयको गाडी र अन्य सवारी साधनहरु बिदाका दिन पनि कर्मचारीहरुले निरधक्क जिल्ला प्रशासन कार्यालयको ईजाजत बिना प्रयोग गर्ने गर्दछन् । 14958681_668675359957591_1578640379_n
यसरी नवलपरासीमा सरकारी सवारी साधन दुरुपयोग हुदै आएको को अनेकौ उदाहरण मध्ये कात्तिक १७ गते बुधबार सरकारी बिदा भएपनि रामग्राम नगरपालीकाको सबैभन्दा महगो तथा आरामदायी सवारी लु १ च ६६६४ नम्बरको ईस्कारपियो गाडी कार्यालयका कर्मचारीले प्रयोग गरेका थिए ।
कार्यालयका कर्मचारीले आफ्नो ब्यक्तीगत काममा सो सवारी साधन प्रयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सो दिन सो गाडी संन्चालन लागी नगरपालीकाले प्रशासन कार्यालय संग कुनै अनुमती लिएका छैन् ।
यस बारे कार्यालयका निमित्त कार्यालय प्रमुख एवंम् लेखा अधिकृत कुन्दन कुमार चौधरीले सो दिन गाडी आफुले आफ्नो बालबालीको लागी प्रयोग गरेको स्विीकार गर्नुभयो । उहांले भन्नुभयो “ कार्यालय भन्दा वाहीरको समयमा पनि मैले कार्यालयको काम गर्ने गर्दछु त्यसैले आवश्यकता अनुसार कार्यालयको गाडी पनि ब्यक्तीगत काममा प्रयोग गरेको हु ।”
यता रामग्राम नगरपालीकाले आफ्नो अधिकाशं सरकारी सवारी साधन चरम दुरुपयोग गर्दै आएकोले दुरुपयोग गर्ने कर्मचारीलाई तत्काल कारवाही हुनुपर्ने नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।
उहांले भन्नुभयो यस वाहेक रातका समयमा नास्ता खान भैरहवा , दाउन्नेमा लगायतका स्थानमा समेत रामग्राम नगरपालीकाको सवारी साधनको चरम दुरुपयोग गर्ने गरेका छ । रामग्राम नगरपालीकाको सरकारी सवारी साधान सरकारी सम्पती , ब्यक्तीले रजाई हुने गरेको उदाहरण बनेको छ उपाध्यायले भन्नुभयो ।
रामग्राम नगरपालीका कार्यालय प्रमुख घर बिदामा भएको मौका छोपी अन्य कर्मचारीले सो सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । जिल्लामा सात वटा नगरपालीका रहेका छन् जसमध्ये अन्य सबै नगरपालीकाको सरकारी नम्बरको सेतो र¬को नम्बर प्लेटको गाडी छन् तर रामग्राम नगरपालीकाले आफ्नो सरकारी गाडीमा भने सरकारी नम्बर प्लेट भन्दा पनि निजी तवरको रातो र¬को नम्बर प्लेट प्रयोग गरेको छ ।
यता यस बारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जिल्लामा रहेका सरकारी कार्यालयहरुको सवारी साधन दुरुपयोग भएको गुुनासो निकै आएकाले यसलाई नियन्त्रण गर्न पहिल गरिने प्रतिकृया दिनुभयो ।