सवा एक लाख रुपैयाँको पटाका नष्ट

चितवन, १४ कात्तिक । चितवनमा प्रहरीले बरामद गरेको करिब एक लाख २५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरेको छ ।

विभिन्न समयमा वडा प्रहरी नारायणगढले बरामद गरेको उक्त परिमाणको पटका आइतबार नष्ट गरिएको हो । वडा प्रहरी कार्यालय नारायणगढले स्थानीय नागरिक, पत्रकार र जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रतिनिधिको रोहबरमा पटका नष्ट गरेको हो । तिहारलाई सौहार्द रुपमा सम्पन्न गराउने उद्देश्य सहित चितवनमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार वडाबाट खटिएको विशेष टोलीले शुक्रबार र आइतबार उत्तः पटका बरामद गरेको थियो । वीरगञ्ज काठमाडौँ चल्ने यात्रुबहाक बस र भारतबाट केरा ल्याएर आएको ट्रकबाट उक्त पटका बरामद गरिएको थापाले बताए । विशेष टोलीले नारायणगढको बेलचोक र मुग्लिङ नारायणगढ सडकको आँपटारीबाट उक्त परिमाणको पटका बरामद गरेको थापाको भनाइ छ ।

img_0994

.