आर्मीलाई हराउँदै संकटाद्वारा उपाधी कब्जा

आनन्द पोखरेल
चितवन, १४ कात्तिक । चितवनको नारायणगढमा भएको १२औँ विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ को उपाधी संकटा क्लब काठमाडौँले कब्जा गरेको छ ।
img_0218

शुक्रबार भएको सेमी फाइलनमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको संकटाले आइतबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै उपाधी आफ्नो पोल्टोमा पारेको हो । आइतबार भएको फाइनल खेलमा संकटा क्बल काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई लज्जास्पद हार चखाएको हो । फाइनलमा संकटाले आर्मीलाई ३–० गोल अन्तरले हराउन सफल भएको हो ।
img_0185

संकटाको जितको लागि निराजन खड्काले ह्याट्रीक गरेका थिए । खड्काले पहिलो हाफको १०, पहिलो हाफको अतिरिक्त तीन र दोस्रो हाफको १८ मिनेटमा संकटाको लागि गोल गरेका थिए । फाइनलमा आर्मीलाई हराएसँगै संकटाले उपाधि कब्जा गर्दै तीन लाख रुपैयाँ नगद, ट्रफी, मेडल प्राप्त गरेको छ । संकटा क्लबसँग लज्जास्पद हार व्यहोर्न बाध्य भएको त्रिभुवन आर्मी क्लब उपविजेता हुँदै एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।
img_0193

फाइनल खेलमा संकटा क्लबका निराजन खड्का म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ र सर्वाधिक गोल कर्ता हुँदै १५ हजार रुपैयाँ हात पारेका छन् । खड्काले प्रतियोगिता अवधि भरमा ६ गोल गर्न सफल भएका थिए । त्यसैगरी, चितवन ११ ले फेयर प्ले खेलेको भन्दै २५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।
कात्तिक १ गतेदेखि नारायणगढको क्याम्पाचौरमा भएको प्रतियोगितामा भारतका तीन १५ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेताहरुलाई भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले पुरस्कार प्रदान गरेका थिए ।

img_0197