अङग्रेज फौज विरुद्धको युद्धको दौरानमा निर्मित उपरदाङगढीे ओभलेलमा (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, १४ कात्तिक । चितवनको एतिहासिक पर्यटकीय महत्व वोकेको उपरदाङ्गगढी उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सरकारी निकायको उदासीनताका कारण एतिहासिक पर्यटकीय स्थलको रुपमा विकसित हुने उपरदाङगढी जीर्ण अहिले संरक्षणको र्पखाईमा बसेको हो ।
जिल्ला विकास समितिसगै यहा रहेका पर्यटन व्यवसायीहरुको उदासिनका कारणका यो ठाउ थप संकटमा पर्दै गईरहेको स्थानिय शिक्षक गणेशबहादुर थापाले बताए । उनले आन्तरीक पर्यटकहरु बढेपनि बाटो राम्रो नहुदाँ विदेशी पर्यटकहरु आउन नसकेकोे बताए ।
entrance_gate_of_the_fort1
उपरदाङ्गगढीको संरक्षणमा उचित कदम चाल्न नसक्दा पर्यटकीय महत्वको आर्कषणका रुपमा जिल्लाको विकट पहाडी क्षेत्रमा रहेको उपरदाङगढी जीर्ण बन्दै गएको हो । नेपालको तेश्रो पर्यटकीय केन्द्रका रुपमा चितवन रहेपनि सम्बन्धित निकायको वेवास्ताका कारण पर्यटकीय सम्भावना बोकेको उपरदाङगढीको बर्षौ वितिसक्दा पनि संरक्षण हुन सकेको सरोकारवालाहरु वताउछन् । uperdang-gadi-ko-news

अग्लो चुचुराबाट चितवन उपत्यका छर्लङ्ग देखिने भएकोले यो गढी रणनितिक हिसावले पनि महत्वपूर्ण थियो । घना जङ्गलले ढाकिएको र औलो जस्ता घातक रोगले संक्रमित चितवनको समथर भुभागमा पहाडियाहरुको बस्ती बस्नु पूर्व सन् १९६० को दशकको शुरुसम्म उपरदाङ्गगढी चितवनको सदरमुकाम रहेको चितवनका पुराना साहितयकार प्रेमविनोद नन्दनले बताउछन् ।

शक्तिखोरबाट हिडेर लगभग ३ घण्टामा पुग्न सकिने यो रमणिय स्थान चेपाङ, मगर र गुरुङहरुको पातलो बस्तीले घेरिएको छ । आर्थिक रुपले विपन्न तर सोझा र परिश्रमी यि विविध जनजातीहरुको आफ्नै मौलिक परम्परा, सस्कृति र रितिरिवाज छन् ।

तीन हिमाल देखिने
आकाश सफा भएको बेला मनास्लु, बुद्ध हिमाल र गणेश हिमाल देखिन्छ । उपरदाङगढीको संरक्षण गरि सो ठाउमा पर्यटक लैजान मात्र सके चितवनमा आउने पर्यटकहरु बसाई लम्बिने देखि थप स्वदेशी एव् विदेशी पर्यटकहरु जिल्लामा भित्रीने थुप्रै सम्भावनाहरु रहेका पर्यटनकर्मी एव् नेचर गाईड जित बहादुर तामाङ्ग वताउछन् ।
पर्यटन क्षेत्रको विकासका लागि जिल्ला विकास समिति चितवनले वार्षिक रुपमा रकम विनियोजन गरेको रकम पर्यटकीय सम्भावनाका ठाउहरुको अवलोकन भ्रमण गरेर मात्र सकिने गरेकाले जिविसले विनियोजन गर्ने रकम उपरदाङगढीको संरक्षणमा खर्च हुन सकेको छैन । 14895453_10207979940640266_1889972958_o
उपरदाङगढीको संरक्षण गरेर सो क्षेत्रमा पर्यटक लैजान सकिने सम्भावन हुदाहुदै सरकारी निकायको उदासीनताले महत्वपूण गढी ओझेलमा परेको गढीलाई लामो समयदेखि नियाली रहेका चितवन पर्यटन विकास समितिका पूर्व अध्यक्ष जिएन थपलियाले भने । यो ठाउको संरक्षण गर्न सके पर्यटक लगेर पर्यटकको बसाई लम्ब्याउन सकिन्छ, अनि त यहाको विकासमा समेत थप टेवा पुग्ने थियो ।
चितवन दाहाखानी गाविसमा गढी रहेको छ ।  लामो समय सम्म संरक्षण हुन नसकेकाले भग्न अवसेस मात्र देख्न सकिने गढिको निर्माण ढुङगा, माटो तथा चुन बाट गरिएको र गढी भत्कीएर भग्न अवसेश मात्र देख्न सकिन्छ । गढी भित्रको अवस्था जीर्ण भए पनि महत्वपुर्ण संरचना मात्र पुरानो अवस्थामा रहेका छन ।
गढि भित्र तोप ,गोली, गठठ राख्ने गरिन्थ्यो र गढि परिसरमा विभिन्न पुरातात्तिक एवं ऐतिहासिक चिनो अहिले पनि छन् उनले भने । जिल्लामा धेरै पर्यटकीय स्थलहरु रहेका सबैलाई हेर्नु पर्ने हुन्छ सानो रकमले त केही पनि हुदैन् स्थानिय विकास अधिकारी श्रवणकुमार पोख्रेरलले भने –राज्य स्तरबाटै यस्तो क्षेत्रका लागी विशेष वजेट छुटटाउन पर्छ ।
पानीको लागि निर्माण भएको ईनार, युद्धमा प्रयोग गर्न बनाइएका बङकरहरु तथा गढी भित्रै बाल्मिक तथा बज्र योगिनिको मन्दिर एवं देवताका र्मुिर्त रहेको छ भने बाहिर तर्फ भगवती, गणेश, कालिकाको मुर्ति रहेका छन । 14875427_10207979941080277_1158217179_n
यस्तै पुरातात्त्तिक बस्तुहरु स्वदेशी तथा विदेशी पर्यटकका लाई देखाएर पर्यटक लोभ्याउन सकिन्थ्यो रेवान सौराहाका अधयक्ष लालबहादुर भट्टले वताए । के गर्न सम्बन्धित निकाय र पर्यटन व्यवसायीहरुले गढीको महत्व बुझ्न सकेनन् । पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ्ग रुट) बनाइएको छ ।
पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ्ग, सिराइचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । पर्यटक र पथप्रदर्शककोलागि सम्बन्धित ठाउहरुमा होमस्टे (स्थानिय ब्यक्ति घरमा बस्ने खाने) को ब्यवस्था भएपनि बाटो नबन्दा समस्या भएको स्थानियले आईतराम चेपाङ्गले बताए । ब्रह्रै महिना जाडो हुने यो ठाउँ वातावरणिय हिसावले पनि महत्वपूर्ण छ ।
चरा अवलोकनलाई उत्कृष्ट
पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुइँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु पाइन्छन् । अङग्रेज संग लडादा प्रयोग भएका सामग्री र लड्नलाई केन्द्र वनाईएको गढी संरक्षणको लागि आज सम्म कसैले पनि चासो नदेखाएको सरोकारवालाहरुको भनाई छ । southern_view1
उत्तरी भागमा अजंगका पहाड, आकाशै छेडुँला झैं गर्ने अग्ला हिमाल, दक्षिणी भागमा देखिने चितवन उपत्यकाको विहंगम दृष्यले यहाँ आउने जो सुकैलाई मन्त्रमुग्ध बनाइदिने टेकि घका लागि गढी समम पहिलो पटक पुगेकी जिलला सदरमुकाकाम भरतपुरकी सविना दमस्सालले बताईन् ।
सडकको राम्रो अवस्था भए उपरदाङगढी नजिकै रहेको चिसापानीटार चरा अवलोकनका लागि राम्रो स्थान भएकाले पर्यटकको संख्या अझ बढ्न सक्ने चरा विद् टिका गिरीले जानकारी दिए ।
झण्डै साढे दुई किलोमिटर सडक दुई घण्टाभन्दा बढी उकालो हिँडेर जानुपर्ने बाध्यता छ । चरा अवलोकन गर्दै जाँदा चार घण्टा लाग्ने उनले बताए । सडक बने पहिलो दिन साँझपख गढी आसापास र दोस्रो दिन चिसापानीटारमा पर्यटकलाई लैजान सकिने उनले बताए । फिस्लिङ जाने सडक पनि पर्यटकका लागि चरा हेर्दै जान सकिने खालको भएको उनले बताए ।

गुरुङ, मगर र चेपाङ समुदाय सस्कृति एकसाथ

यो पर्यटकीय स्थलमा गुरुङ, मगर र चेपाङ समुदायको बस्ती नजिक रहेको गढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होम स्टेको सुविधा छ । जहाँ यि तीननै जातिहरुको कला रृति एक हेर्न पाईन्छ । कटेज रेष्टुरेन्ट पनि खुलेको छ । ढुङ्गा, माटो तथा चुनबाट निर्माण गरिएको गढीको सुरक्षाका लागि तारबार लगाउनुका साथै गढीभित्रको कोत घरको सुरक्षाका लागि ट्रष्ट समेत निर्माण गरिएको छ । हाल त्यो पनि उचित संरक्षणमा छैन् ।
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यस क्षेत्रमा रहेका थिए । गढीका लागि आउने बजेटले कनै काम भएको नपाईएको क्षेत्रिय होल संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विष्टले बताए । fort_seen_from_other_hilltop1
आर्थिक, सामाजिक रुपमा पिछडिएका चेपाङ, गुरुङ, मगर, तामाङ लगायतका जनजातिको बाक्लो बस्ती रहेको शक्तिखोर, दाहाखानी, काउले क्षेत्रका बासिन्दाको आयआर्जन सुधार गर्न नेपाल सरकारले ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम संचालन गर्दा यस क्षेत्रमा होम स्टे संचालन शुरु गरिएको थियो । तर अहिले ३ वटा बन्द छन् २ वटा मात्रै सत्रै सञ्चालनमा छ ।

बाटो राम्रो नबन्दा पर्यटकलाई सास्ती
जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जाने सडक पहिरोले बिगारेपछि त्यहाँ जाने पर्यटकले सास्ती खेप्न बाध्य छन् । बाटो बन्न काम सुरु गरे पनि पूर्णता नपाउदाँ पर्यटकहरुले सास्ती खपेका हुन् ।
पर्यटकका लागि ट्रेकिङ रुट समेत निर्माण गरे तयो संरक्षण नहुदाँ पहिरो पानीका कारण विग्रिएको छ ।
चितवनको शक्तिखोर तथा पृथ्वी राजमार्ग अन्तर्गत दाह्रेचोक गाविसको फिस्लिङबाट उपरदाङ्गगढी जान सकिने सडक भएपनि दुबै सडक पहिरोले बिगारेको छ । फिस्लिङबाट चण्डीभञ्ज्याङको तोलाङ हुँदै उपरदाङगढी आउने सडक मर्मत गरेर सामान्य गाडी हिँडाउन सकिएपनि शक्तिखोरबाट आउने सडक भने नयाँ नै बनाउनु पर्ने अवस्था भएको स्थानयि शिक्षक गणेश थापाले जानकारी दिए । up
चिसो मौसम शुरु भएपछि उपरदाङगढीमा पर्यटकको संख्या बढ्छ । तर यस बर्ष सडक बिग्रेकाले पर्यटकले सास्ती पाउने उनले बताए । सडक बनेपछि सौराहामा आएका पर्यटक पनि उपरदाङगढी तथा चिसापानीटारसम्म पुग्ने गरेका थिए । तर अहिले बाटो खराप हुदाँ आन्तरकि पर्यटकहरु मात्रै केहि जान्दछन् । विदेशी पर्यटकहरु खासै जादैनन् । uper
यस्तो छ ईतिहास
ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने दाहाखानी गाविस–३ मा पर्दछ ।
उपरदाङगढी समुन्द्री सतह देखि १२७५ मिटर उचाई तथा ६३९ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको यो किल्ला तल्कालिन बाईसे चौविसे राज्य एकिकरणका वेलामा अङग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाको लागि सन् १८०० को शुरु तिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । पूर्वी चितवनको टाँडीबाट ६ माईल टाढा रहेको गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ । northern_view11
तीन फुट चौंडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, कुवा लगायतका संरचना रहेका छन् । ढुङ्गा, माटो र चुनाबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट रहेका छन् । नेपाल एकीकरणको बेला निर्माण भएको ऐतिहासिक महत्वको गढी पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएपनि त्यसको संरक्षण र प्रवद्र्धनका लागि सम्बन्धित निकायले पर्याप्त कार्य गर्न सकेको देखिंदैन । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशामा तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ ।yy
किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकि छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र वालकुमारी देवीको मन्दिर भने किल्ला भित्र छ । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुङ्गाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ । विच भागमा इनार र कोतघर (हतियार भण्डार गर्ने घर) छन् ।