बिकास रनिङ शिल्ड फाईनलः आर्मी भर्सेज संकटा

bikash-2073बिशाल सापकोटा, चितवन, १४ कात्तिक । चितवनमा जारी टुबोर्ग बिकास रनिङ शिल्ड अन्र्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागी आज त्रिभुवन आर्मी क्लब र संकटा फुटबल क्लब खेल्दैछन ।

नारायणगढस्थित क्याम्पचौरमा हुने फाईनल खेल आज दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

त्रिभुवन आर्मीले सेमिफाईनलमा मोरङ फुटबल क्लबलाई २–० ले तथा संकटाले मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई २–१ गोलले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उप विजेता टिमले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।

प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०/१० हजार नगद पुरस्कार दिईएको थियो ।

त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिने प्रचार–प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्बाधिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ  ।

चितवनमा १६ बर्षपछि गत कात्तिक १ देखि सुरु भएको प्रतियोगितामा भारतका तीन टिमसहित नेपालीका ए डिभिजन क्लव सहित १५ टिमको सहभागिता थियो ।

आजको फाईनल खेलसँगै प्रतियोगिताा बिधिवतरुपमा सम्पन्न हुने प्रचार–प्रसार समितिका संयोजक चुकेले जानकारी दिनुभयो ।