जाऊ है वागीश्वरीमा सामुहिक गौ पुजा गर्न ?

सृजना अर्याल
चितवन कार्तिक १३ । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम गौ संरक्षण समितिको आयोजनामा यस वर्षको लक्ष्मी पुजाँको सन्र्दभ पारेर सामुहिक गौ पुजा गरिने भएको छ ।unnamed

नेपाल सरकारका भुमि सुधार तथा ब्यबस्था मन्त्री माननीय बिक्रम पाण्डेको प्रमुख आतिथ्यमा सामुहिक पुजाँ गरिने लागेको गौ संरक्षण संयोजक टंकनाथ पौडेलले जानकारी दिए । संयोजक पौडेलका अनुसार गौ पुजनका लागि सरसफाई तथा गौसला परिसर सजाउने लगायत सम्पुर्ण तयारी गरिसकिएको छ ।

कार्यक्रम परिसर नेपाली सेना तथा शशस्त्र प्रहरी जवानहरुले सरसफाई मा सहयोग गरेका थिए । आध्यात्मि परिषदका अध्यक्ष शान्त प्रसाद पोखरेलले लक्ष्मीको प्रतिकको रुपमा रहेकी गौमाताको सामुहिक गौँपुजन कार्यक्रम गरिन लागेको बताउदै यस्तो कार्यक्रमले गौ संरक्षण र सम्बर्द्धन का लागि सहयोग पुग्ने बताए ।unnamed-1

परिष्द बाट सञ्चालीत सो गौसलामा स्थानिय जातका १ सय ८० भन्दा बढि गाईहरु रहेका छन् । विशेष गरि तीहारको तेस्रो दिन लक्ष्मीको प्रतिकको रुपमा गाईको पुजा र्गर्ने गरिन्छ ।

नेपालका राष्ट गुरु योगीनरहरीनाथले स्थानिय जातका गाईहरु मानवजीवनका साथसाथै सम्पुर्ण जगतकै कल्याणमा बहुउपयोगी हुने भन्दै ग स्थानिय जातकागाईहरुको गौशालामा संरक्षण अभियान चलाउनु भएको संयोजक पौडेलले बताउनु भयो ।

ती गौशालमा रहेका गाईहरुको गहुतलाई विभिन्न रोगका लागि आवश्यक गौ अर्क पनि उत्पादन गरिएको गौ संरक्षण समितीका सचिव नवराज ढकालले जानकारी दिए ।
नेपालको राष्टिय जनावर समेत रहेको स्थानिय जातका गाईहरु लोपन्मुख हुने अवस्थामा पुगकाले पनि यस्ता संरक्षण अभियान कार्यक्रमहरु हुनुपर्ने कृषि तथा पुश विज्ञान अध्यन सस्थान रामपुरका सहप्राध्यापक डा कृण्ण काफले बताउछन् ।