प्रथम देवचुली महोत्सव तयारीले तीव्र

नवलपरासी,  कार्तिक १३। कात्र्तिक २५ देखि मंसिर ४ गते सम्म हुने प्रथम देवचुली महोत्सवको तयारीले तीव्रता पाएको छ । देवचुली टेलिभिजनको आफ्नो आठांै बार्षिक उत्सवको अवसरमा बृहत रुपमा १० दिने महोत्सव गरी मनाउन लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।
21001568-bc2_big
महोत्सवको तयारीको लागि अहिले विभिन्न समितिहरु गठन गरी कामहरु अगाडी बढेको तथा महोत्सव पूर्ण भब्य र सफल बनाउन लागि परेको टेलिभिजनका अध्यक्ष केबी रानाले जानकारी दिए । पत्रकार सम्मेलनमा रानाले मेलामा कुनै पनि पैसा कमाउने उदेश्य नरहेको बताउँदै, जे जति रकम महोत्सव गर्दा बाँकी रहन्छ उक्त रकम समाजकै हितको लागि खर्च गर्ने प्रतिबद्धता जनाए । 2b5e37b9-256_big

रानाले महोत्सवको अबधिमा विभिन्न जात जातिको कला संस्कृति संरक्षणको लागि करिव ७ लाख रुपैयाँको सामाग्री हस्तान्तरण गरिनेछ । २ सय ५० वटा स्टलहरु रहने महोत्सवमा २ सय स्टलहरु बुकिङ्ग भईसकेको रानाको भनाई छ ।

रानाले भने, गाउँबाट संचालनमा आएको टेलिभिजनले बार्षिक उत्सव महोत्सव गरी मनाउन थालेको छ, सबैको साथ र सहयोग चाहिन्छ, यो जिल्लाकै गौरवको विषय हो । उनले थपे अहिले नामको बिषय सराकारात्मक र नकारात्मक टिप्णीहरु भएका छन् त्यसलाई हामीहरुले सहज रुपमा लिएका छौं । गाउँबाट संचालन गरेको टिभीले अहिले सम्म त्यसरी बार्षिक उत्सव मनाएको थिएन तर आठौं बर्षलाई भब्य बनाउनुपर्छ भन्ने मूल उदेश्य आयोजकको हो । notice

अहिले मुख्य रुपमा प्रचार प्रसारको कार्यले तिब्रता पाएको छ । अहिले नवलपरासी लगाएतका आसपासका जिल्लाहरुमा प्रचारको कार्य अगाडी बढेको छ । संचार माध्यमबाट बिज्ञापन र सूचना प्रसारण, पर्चा पम्पप्लेट, माईकिङ्ग गरिएको छ । अहिले महोत्सवको तयारीले जिल्लामा रौनकता थपेको देखिन्छ ।

संस्कृति संरक्षण पर्यटनका आधार, सम्बृद्ध राष्ट्रका लागि कृषि तथा उद्योग व्यापार भन्ने नारा सहित कावासोतीको थाना चोक पछाडी रहेको कावासोती खेल मैदानमा महोत्सव हुनेछ । महोत्सवको करिव डेढ लाख सर्वसाधरणले अबलोकन गर्न महोत्सव स्थलमा पुग्ने आयोजकले जानकारी दिएको छ । महोत्सव बारे देश तथा विदेशमा रहेका करिव ६० लाख मानिसहरुले जानकारी प्राप्त गर्ने छन् ।

महोत्सवमा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झाँकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ । यस्तै मिस देवचुली एम्बेस्टर प्रतियोगिता, डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान र चर्चित कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित बाल उद्यान र मनोरञ्जनका स्टलहरु मुख्य आर्कषणको रुपमा रहेका छन् ।

देवचुली टेलिभिजनको आयोजना र यहाँका १ दर्जन संघ संस्थाहरुको सह आयोजनामा महोत्सव हुन लागेको हो । बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको टेलिभिजनले जानकारी गराएको छ । पत्रकार सम्मेलनका कावासोतीमा रहेको होटल जक्सन ग्रीन पार्कमा आयोजना गरिएको छ ।