महाअभियोगका बारेमा निर्णय काग्रेस संसदीय दलको वैठकले गर्ने : मन्त्री महत (भिडियो सहित)

राजेन्द्र आचार्य
चितवन, १३ कात्र्तिक । परराष्ट्र मन्त्री प्रकाश महतले महाअभियोगका बारेमा काग्रेस संसदीय दलको वैठकले आधिकारिक निर्णय गर्ने स्पष्ट पारेका छन् । महाअभियोग माओवादी र एमाले ल्याएको उनले भने– यस बारेमा सभापति देउवाले समेत पार्टी बैठमा छलफल नभएको भन्नुभएको छ, हामी संसदीय दलको वैठकबाट निर्णण् गर्दछौं । 14872544_10208256436351119_453366189_n
नेपाल प्रस युनियन चितवन शाखाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले काग्रेस सधै न्यायको पक्षमा रहेको भन्दै सम्पूर्ण प्रक्रिया हरेर मात्रै महाअभियोग बारेमा अगाडी बढ्ने समेत बताए । साथै उनले कुनै काग्रेससगँ छलफल नै नगरी दर्ता गरेकोले हतारमा निर्णय गर्नुपर्ने जरुत नभएको समेत जिकिर गरे ।

 

उनले मदेधी र असन्तृष्ट पक्षका लागि काग्रेस गम्भीर भएको जानकारी दिदै मदेधी र असन्तृष्ट पक्षकै लागि संविधान सशंधोन हुने बताए । साथै चुनावकै मिति संविधान सशोधनसगै उनले खुलासा समेत उनले गरे । यस्तै भारतीय राष्ट्रपति नेपाल आउदा काठमाडौमा मात्रै विदा हुने भन्दै यस बारेमो पहिला देखि नै चलन जानकारी दिदै यसमा विवाद नगर्न सबैलाई आग्रह पनि गरे ।