नारायणगढमा सिटी फर्निचर ईण्डष्ट्रिज सञ्चालनमा

नारायणगढ १३ कात्र्तिक । । चार जना व्यवसायीहरुको संयुक्त लगानीमा नारायणगढमा सिटी फर्निचर ईण्डष्ट्रिज प्रालि. सञ्चालनमा आएको छ ।14656390_1123447287692349_65449855976678707_n
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले शुक्रबार दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरका हुन् । उद्घाटनपछि अध्यक्ष गौतमले भने, ‘नेपालका जुनसुकै ठाउँमा यस्ता उद्योगहरु सञ्चालनमा आउनु भनेको राज्यको अर्थतन्त्र बलियो हुनु हो ।’ त्यसैले नेपाल सरकारले ठूल्ठूला उद्योगधन्दाहरु बन्द गर्नतर्फभन्दा पनि सञ्चालन गर्नुतर्फ बढी जोड दिनुपर्ने उनले बताए । विदेशी सामानले नेपालको अर्थतन्त्र कमजोर बनाएको भन्दै स्वदेशी उत्पादनले गुणस्तरियतालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । मुुलुकमा छिमेकी राष्ट्रका प्रमुख व्यक्ति नेपाल आउँदा सार्वजनिक बिदा दिएको विषयलाई कोट्याउँदै अध्यक्ष गौतमले सरकारले चालेको कदमप्रति चिन्ता व्यक्त गरे ।
आफ्नै देशमा रहेका उद्योगधन्दाहरुलाई प्राथमिकता दिएर सञ्चालनमा ल्याउन सके छिमेकी मुलुकको भरपर्नु नपर्ने उनको भनाइ छ । छिमेकी राष्ट्रसँग नेपाल सरकार आफैं झुक्ने प्रवृत्तिले गर्दा नेपालको अर्थतन्त्रले छिमेकी मुलुक बलियो भएको उनले बताए ।
करिब डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको फर्निचर इण्डष्ट्रिजमा ग्राहकको चाहनाअनुसारको फर्निचरका सामग्री पाइने प्रालिका अध्यक्ष माधवप्रसाद पौडेलले बताए । विभिन्न व्यवसायमा संलग्न रहेका चार जना व्यवसायीहरुले ग्राहकको चाहनालाई ध्यानमा राखेर १५ वर्षको लागि जग्गा लिजमा लिएर व्यवसाय सञ्चालन गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।