दुई दिन मनकामना केबुलकार बन्द हुने

चितवन, १३ कात्र्तिक । मनकामना केबुलकार दुई दिन बन्द हुने भएको छ । cable carनेपालीहरुको दोश्रो महान पर्व शुभ दिपावलीलाई मध्ये नजर गर्दै कार्तिक १५ र १६ गते का लागि केबुलकार सेवा बन्द गरिने भएको मनकामना दर्शन प्रा.लिका नायब महाप्रबन्धक डिएन कायस्थले रेडियो मनकामनालाई जानकारी दिनुभयो । १७ गतेबाट पुन नियमित संचालनमा आउने नायब महाप्रबन्धक कायस्थले जानकारी दिनुभयो ।

.