वन्यजन्तु अस्पताल नबन्दा दुर्लभ एक सिङ्गे गैडा उपचार नपाएर मर्दै

राजेन्द्र आचार्य
चितवन, १३ कात्र्तिक । नेपालको पहिलो निकुञ्न चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बन्ने भनेको वन्यजन्तु अस्पताल निर्माणको लागि शिल्यान्यास भएको २ बर्ष बितिसक्दा पनि अस्पताल बन्ने संकेत देखिएको छैन् । जसका विशवमा नै दुर्लभ मानिएका दुई गैडालाई यहाँ ल्याउदा उपचार हुन नसकि मुत्यु भएको हो । अस्पताल शिलन्यास भएको ठाउमा यतिवेला विभिन्न मिचाह प्रचाजातिको झारहरु ठाकेको सजिलै देख्न सकिन्छ । भने अस्पताल निर्माण स्थाल यतिे झाडीमा परिणत छ । अस्पताल निर्माण स्थल नजिक रौटहतबाट ल्याईएको एक भाले बस्यक र पश्चिम चितवनमा बाघले आक्रमण गरि घाईते भएको केटो गैडा मरिसकेको छ । भने यस अघि मंगलपुर सेतीदेवी सामुदायिक वनमा एउटा पोथी गैंडा भालेको आक्रमणमा परेर घाइते भएको तीनको उपचारपछि मरेको थियो ।animal-hospital-ko
घाईते तथा विरामी वन्यजन्तु उपचारको लागि सुविधा सम्पन्न अस्पताल बनाउने भन्दै शिल्यान्यास गरीएको अस्पताल शिलनयासमा नै सिमित हुदाँ यहाँ धेरै वन्यजन्तुहरु अकालमा जयान गुमाउन बाध्य समेत भएको संरक्षणकर्मीहरुको भनाई छ ।
नेपालमा नै पहिलो पटक घाइते, अपाङ्ग, विरामी तथा अशक्त वन्यजन्तुहरुको उद्दार गरी उपचार गर्न अस्पताल निर्माण गर्ने भन्दै निकै तामझामका साथ अस्पतालको शिलनयास तत्कालिन वन मन्त्री महेश आचार्य २०७१ साल फागुन २० गते शिलन्यास गरेका थिए । dsc00056
शिलन्यास गर्न भनेको अस्पताल यसैबर्ष निर्माण कार्य सक्ने भनेर शिलन्यास भए पनि आर्थिक अभावका कारण अस्पताल निर्माणमा समस्या भएको चितवन राष्ट्रिय निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए ।
उद्दार र घाईते गरी ल्याएका विरामीहरु उपचार भएकै हो–निकुञ्जका पुश चिकित्सक डा.कमल गैरेले अनलाईनखरसगँ भने । एक्स–रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने पकरण हुदाँ बाहिरी उपचार भएपनि भित्रि उपचार नहुदाँ यतिवेला समस्या छ ।
अस्पताल बन्न नसक्दा ठुला घाउ चोट र गोली लागेका बन्य जन्तुको अनुमानको आधारमा उपचार गर्नु परेको उनको भनाई छ ।
२ करोडको लागतमा निर्माण हुने भनिएको अस्पतालको लागि अमेरीकाको डेनभर चिडीयाखाना विश्व बन्य जन्तु कोष र राष्ट्रिय प्रकृति सरक्षण कोषको सहयोगमा निर्माणका लागि गर्न लागिइको थियो ।
प्रजनन् केन्द्र लगायत देशका अन्य केन्द्रहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउने अस्पतालको उद्देश्य रहेको भएपनि पछिल्लो पटक अस्पताल निर्माणको लागि आएको रकम अन्यत्र खर्च हुदाँ समस्या भएको राष्ट्रिय प्रकृति सरक्षण कोष सौराहाका प्रमुख डा. चिरन्जीवि पोख्रेरलले बताए ।
यस्तै, वन्यजन्तु सम्बन्धी विभिन्न रोग तथा स्वास्थ्य समस्या सम्बन्धमा राष्ट्रिय तथा अन्तर्रािष्ट्रय संघसस्थासंग समन्वय एवम सहकार्य गरी अध्ययन अनुसन्धान गरिने तयरी समेत विफल भएको संरक्षणविद् रामप्रति यादवले बताए ।
के थियो बन्न अस्पतालमा व्यवस्था
अस्पतालमा ४ जना चिकित्सक ७ जना प्राबिधिक एक्सरे कक्ष प्रयोगशाला र उपचार कक्ष रहने बताईएको थियो ।
हात्ती, बाघ, गैडाजस्ता ठूला वन्यजन्तुको एक्स–रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसगैँ त्यसका लागि मुभिङ एक्सरे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गर्न तयारी भएको थियो ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो । अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ ।
सामान्य उपचारपछि वन्यजन्तुलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको जंगलमा छाड्ने गरिएको छ । चिडियाखानामा स्थान अभाव र भेटेरिनरी अपर्याप्त रहेका कारण वन्यजन्तुका लागि आवश्यक सबै उपचार सम्भव नभएका कारण चितवनमा अस्पताल बनाउन चितवनलाई रोनिएको निकुञजका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले बताए ।
घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन । चितवन राष्ट्रिय निकुञ्ज र बाहिरका वन्यजन्तुका लागि सबैभन्दा सहज हुने अपेक्षा थियो । चितवनमा नै बेग्लै वन्यजन्तु उद्धार केन्द्र समेत निर्माण हुन भने तयो पनि अझै अन्यौलमा रहेको उनले बताए ।
एक बर्ष २५ वन्यजन्तु मरे
चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गएको आर्थिक बर्ष २०७२÷७४ मा २५ वटा वन्यजन्तु मुत्यु भएको जनाएको छ । घाईते, जुधेर तथा उपचारका क्रममा ति जनावर मरेको हुन् । जस मध्ये १४ वटा गैडा रहेको र १० वटा बन्य जन्तु जुधेर बाघको आक्रमणबाट चोट पटकका कारण मृत्यु भएको थियो । भने यस आर्थिक बर्ष मात्रै ३ वटा गैडा मरिसकेका छन् ।
छ ब्ततबअजmभलतक