भूमाफियालाई रोक्न नयाँ ऐन : मन्त्री पाण्डे

राजेन्द्र आचार्य / राजेन्द्र कार्की
चितवन, १३ कात्र्तिक । भुमि सुधार व्यवस्था मन्त्री विक्रम पाण्डेले भूमाफियालाई रोक्न सरकारले नयाँ ऐन घोषण गर्न दावी गरेका छन् । “देशैभर यतिवेला अवैध प्लटिङ्ग र भूमाफिया बढेका छन् उनले भने । नआत्तीनुहोस् अब ऐन ति काम रोकिने छन् । ” bikaram-pandey
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसगँ कुराकानी गर्दै मन्त्री पाण्डे सरकारले सार्वजनिक जग्गा एकिकरण गर्न परिपत्रगरिसकेको समेत बताए । “अब कसैले पनि सावैजनिक जग्गा हडपेको छ, भने तत्कालै छोड्दा हुन्छ, नत्र सरकारले कार्वाही गर्छ, उनका चेतावानी थियो । ”
मन्त्री पाण्डे चितवनको बादरजुलाका स्थानियहरु एकैठाउमा नै जिल्लाको विभिन्न भागमा तिहार लगत्तै स्थानान्तरण गर्न दावी पनि गरे ।
उनले पश्चिम चितवनको चित्रवन नगरपालिका, माडी नगरपालिकाको वसन्तपुर र पूर्वी चितवनको खैरहनीमा मालपोतको सेवा केन्द्रसगै रिऊ र नारायणी नदी तटबन्ध गर्ने काम नै चितवनमा आफ्नो देखिने गरी भएको काम रहेको स्पष्ट पारे ।
सुकुम्वासीहरुको समस्या समाधान गर्न आफु लागि परेको भन्दै छिटै यो समस्या समाधान हुने उनको भनाई थियो ।